Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

कोरोना कहर भुल्दै दैलेखमा मनाइयो होली

दैलेख  :  फागुन शुक्ल पुर्णीमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व पहाडी जिल्ला दैलेखमा पनि मनाइएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा जम्मा भएर होली खेल्ल रोक लगाएपनि स्थानीय भने कोरोना भुलेर होलीमा रमाएका थिए । बिहानै देखी जम्मा भएका युवायुतीले साण्डसिस्टम लिएर नाँच गान सहित होली मनाएका थिए ।
नारायण गनरपालिका–६ का भक्त बहादुर थापाले होली पर्वले टुटेको सम्बध्न पनि जोड्ने हुँदा यस्ता पर्वहरु नागरिक आफै उत्साही भएर होली मनाएको बताए । उनले कोरोनाको जोखिमका कारण बिगत बर्ष झै होली नभए पनि जोखिमका बिच होली खुलेर मनाएको बताए ।
नारायण नगरपालिका –१ का युवा श्याम बहादुर थापाले वर्ष दिनमा एक दिन आउँने पर्व होली प्रशासनले रोक लगाए पनि आफुहरुले उत्साहा पुर्ण रुपमा मनाएको बताए । उनले प्रशासनले भने अनुसार मास्क लगाएर होली आफुहरुले खेलेको बताए । मौलिक पर्व भएका कारण सबैले सामाजिक दुरी कायम राख्दै होली खेल्नु पर्नेमा उनले जोड दिए ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरलेको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्यका मापदण्ड अनिर्वाय पालना गर्न, मास्क लगाउँन र सामाजिक दुरी कायमा राख्न आग्रह गरिएको थियो ।