Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

ढुङ्गाले च्यापिएर बालकको मृत्यु

दैलेख  :  दैलेखमा ढुङ्गाले च्यापिएर बालक मृत्युु भएको छ । शनिवार जिल्लाको नौमुले गाउँपालिका –२ बालुवाटारका ११ वर्षिय प्रशाक दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक इन्द्रजीत सुनारले गाउँपालिका –३ द्धारी खोलामा काफन खान गई घर फर्केने क्रममा खोलामा खेलीरहेको ढुङ्गा पल्टिएर च्यापीएर मृत्यु भएको बताए ।

उनले स्थानीयले खवर गरेपछि इलाका प्रहरी चौकी नौमुले बाट गएको प्रहरी टोलीले च्यापीएर मृत्यु भएका बालकको शव निकाले पोष्र्टमार्टका लागि जिल्ला अस्पतालमा ल्याएर पोष्र्टमार्टम गरिएको बताए ।