Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

चितुवा र रेडपाण्डाको छाला सहित आठ जना पक्राउ


दैलेख :  जडिबुटि बाट संरक्षीत बन्यजन्तु रेडपाण्डा र चितुवाको छाला सहित आठ जना लाई पक्राउ गरिएको छ । शुक्रवार राती नौमुले गाउँपालिका बाट दैलेख बजार तर्फ बन्यजन्तु ओसार–पसार गरिरहेको भन्ने सुचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको व्युरोको टिम र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक इन्द्रजीत सुनारको कमाण्डमा खटिएको टोलीले नारायण नगरपालिका –३ खुर्सानीवारी बाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक इन्द्रजीत सुनारले बिशेष सुचनाका आधारमा कर्णाली प्रदेश ०२००१ज ००३६ नम्वरको डबल क्याप बोलेरो जीप चेकजाँच गर्ने क्रममा रेडपाण्डा र चितुवाको छाला सहित पक्राउ गरिएको बताए । उनले पक्राउ पर्नेमा नौमुले गाउँपालिका–३ द्धारीका वर्ष ५१ को धन बहादुर मगर,नौमुले गाउँपालिका –तोलीका वर्ष ३३ को कविराम अधिकारी नौमुले गाउँपालिका–४ कालिका सवारी चालक वर्ष १९ को रोशन बस्नेत,गाउँपालिका–२ बालुवाटारका वर्ष ३३ को धन बहादुर पुरी, गाउँपालिका –द्धारीका वर्ष २२ को दल बहादुर खत्री , गाउँपालिका २ बालुवाटारका वर्ष ४५ को हस्त बहादुर थापा, भगवतिमाई गाउँपालिका –१ पगनाथका वर्ष २७को गोबिन्द थापा र भगवतिमाई गाउँपालिका –२ का वर्ष ५६ को धन बहादुर रावत रहेको जानकारी दिए ।

उनका अनुसार ती फिट तीन इन्चको कालो रंगको रेडपाण्डा जस्तो देखीने जनावरको छाला १ थान,पाँच फिट नौ ईन्चको चौडाई भएको चितुवाको छाला १ थान, तीन फिट लम्वाई १ फिट,६ इन्र्च गोलाई भएको छाला सिलाएको रेडपाण्डाको छाला थान १, फेला परेको बताए । उनले पक्राउ गरिएको सबै बन्यजन्तुको छाला र पक्राउ गरिएका ब्यक्ति र गाडि डिभिजन बन कार्यालयको जिम्मा लगाइएको बताए । डिभिजन बन कार्यालयका प्रमुख मुन बहादुर रावतले बन्यजन्तु संरक्षण ऐन बमोजिम कार्वाही हुने बताए ।