Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

बिरामी परेका ३० विद्यार्थीको कोरोना परीक्षण


दैलेख  :  यहाँको एक बिद्यालयका एकै पटक बिरामी परेका दुई सय विद्यार्थीहरुमध्ये ३० जनाको एन्टिजोन विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ । बिरामी परेका मध्ये ३० जना विद्यार्थीहरुको एन्टिजोन विधिबाट कोरोना भाइरस परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
दैलेखको नारायण नगरपालिका वडा नम्बर ५ स्थित नवदुर्गा आधारभूत विद्यालय धिताहका विद्यार्थीमा रुघा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने लगायत समान लक्षण देखिएको थियो । विद्यालयमा दुई सय ८० जना विद्यार्थीहरु अध्ययनरत छन् । ती मध्ये दुई सय जना विद्यार्थीहरुमा समान लक्षण देखिए पछि स्वास्थय सेवा कार्यालय बाट गएको चिकित्सकको टोलीले विद्यालय तीन दिन सम्म विद्यालय बन्द गर्न सुझाव दिएको थियो
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बिहीवार स्वास्थ्य सेवा कार्यालय दैलेखबाट गएको चिकित्सकको टोलीले एन्टिजोन विधिबाट विद्यार्थीहरुको कोरोना परीक्षण गरेको र परीक्षण गरिएका मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।
उनले भन्नुभयो कोरोना भाइरसको आशंकामा एन्टिजोन विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरेका हौँ निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले भने ‘परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’ परीक्षणपछि बालबालिकाहरुमा कोरोना भाइरस नभएको पुष्टि भएको र लक्षण हेर्दा भाइरल ज्वरो रहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा देखिएको लक्षण समुदायस्तरमा समेत देखिएको छ । बालबालिकाहरु र समुदायस्तरका नागरिकहरुलाई भीडभाड नगर्न, आराम गर्न र जटिल समस्या देखापरे अस्पतालको सम्पर्कमा आउन सुझाव दिएका छ ।
नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम रेग्मीका अनुसार गत शुक्रवार एकाध विद्यार्थीहरु बिरामी परेका थिए । ‘त्यसयता दिनप्रतिदिन बिरामी हुने विद्यार्थीहरुको संख्या बढिरहेको थियो,’ प्रधानाध्यापक रेग्मीले भन्नुभयो बिद्यार्थीहरु बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।