Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

छोराको हत्या गरी, आमाले गरिन आत्महत्याको प्रयास


दैलेख  :  दैलेखमा एक आमाले आफ्नो नावालक छोराका हत्या गरी आफुले आत्महत्याको प्रयास गरेकी छिन । जिल्लाको डुङेश्वर गाउँपालिका –३ रेक्चा बस्ने २८ वर्षिया हिरा थापा मंगरले आफ्नो तीन वर्षको छोरा उमेस थापा मंगरलाई झुण्डाइएर हत्या गरे संगै आफुले आत्म हत्या गर्न भीर बाट हाल फालेकी छिन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले छोरा उमेशलाई कुर्ताले झुण्ड्याएर हत्या गरेको पुष्टि भएको जानकारी दिए । उनले ती महिलाले कक्षामा ४ मा अध्ययनरत ९ बर्षीया छोरीलाई समेत हत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेकोर बालिका भने आमाको हातबाट फुत्किई भागेर बाँच्न सफल भएको बताए ।

छोरी भागेर गएपछि छोराको हत्या गरेर हिराले आत्महत्याको प्रयास समेत गरेकी छिन् । छोराको हत्या गरेर घरभन्दा एक किलोमिटर टाढा उत्तर तर्फको रेक्चा खोलाको भीरबाट हाम फालेर आत्महत्याको प्रयास गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । भीरबाट हाम फालेर आत्महत्याको प्रयास गर्दा उनि सख्त घाइते भएकी छिन् । स्थानीय नागरिकहरुले ती महिलाले भीरबाट हाम फालेर सख्त घाइते भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते महिलाको प्रहरीको निगरानीमा जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको छ । बालकको शव पनि पोष्ट्मार्टमका लागि जिल्ला अस्पताल दैलेखको शवगृहमा राखिएको छ ।

नाबालक छोराको हत्या गरेर आत्महत्याको प्रयास गर्ने हिरा थापामगरका श्रीमान थीरबहादुर थापामगर भारतमा छन् । थीरबहादुर मजदुरीका लागि भारतमा रहेको स्थानीय बासिन्दाहरुको भनाई छ ।