Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

बेपत्ता बालिकाको दश दिन पछि भेटियो शव

दैलेख : गत फागुन २३ गते कर्णाली नदिमा हाम फालेका दैलेखको आठबिस नगरपालिका–३ निमायलका एकै परिवारका पाँच जना मध्ये एक जना वालिकाको शव दश दिन पछि कर्णाली नदिमा फेला परेको छ । कर्णाली नदिमा वेपत्ता रहेकी मानसिंह बडुवालकी कान्छि छोरी ५ वर्षीया रजनी बडुवालको शव मंगलबार दिउसो ११ बजे तिर अछामको तुर्माखाध–३ असराघाट भन्ने ठाँउ स्थित कर्णाली नदिको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख अनुपम श्रेष्ठले स्थानीयले शव फेला देखेपछि प्रहरीलाई खवर गरेको र प्रहरीले बालिकाका आफन्तलाई बोलाएर सनाखत गर्दा उनै बालिकाको शव भएको पुष्टि भएको बताए । उनले शवलाई पोष्र्टम्यार्टमका लागि मंगलसेन जिल्ला अस्पताल अक्षाम पठाएको बताए ।

गत फागुन २३ गते मानसिंहकी श्रीमति सुकी बडुवालले आफ्ना नाबालक चार सन्तान सहित कर्णाली नदिमा हाम फालेर सामूहिक आत्महत्या गरेकी थिइन् । कर्णालीमा हामफालेका पाँच जना मध्ये सुकि सहित तिन जनाको शव यस अघि कर्णाली नदिमा फेला परी दाहा सस्कार गरी सकिएको छ ।

कर्णाली नदिमा हाम फालेर आत्महत्या गर्नेहरुमा मानसिंह बडुवालकी अन्दाजी ३५ वर्षिय सुकी बडुवाल ८ बर्षिया छोरा ललित बडुवाल, १५ वर्षीया छोरी कल्पना बडुवाल, १२ बर्षिया छोरी सरिता बडुवाल र ५ वर्षीया छोरी रजनि बडुवाल रहेका छन् पारीवारीक रुपमा पैसाको विवादकै कारण भएपनि त्यति ठुलो घटना हुनु अन्य कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

error: Content is protected !!