Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ। गत २४ घन्टामा २ हजार ७ सय ९० पीसीआर परीक्षण भएको छ। देशभर ९१५ सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।

error: Content is protected !!