Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कम्युनिष्टले जनमतको अवमुल्यन गरे : महामन्त्री खड्का


दैलेख :  नेपाली काग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले कम्युनिष्टले जनमतको अवमुल्यन गरेको बताएका छन । शुक्रवार जिल्लामा भएको नेपाल शिक्षक संघ कर्णाली प्रदेश समितिको आयोजनामा दोस्रो तथा तेस्रो प्रतिनिधि सभामा बोल्दै उनले उक्त कुरा बताएका हुन । उनले भने झुठा आवश्वासन देखाएर जनताको मत जित्ने काम गरे पनि सरकार संचलान कम्युनिष्टले नसकेको बताए । उनले भने दुई तिहाईको सरकार हुँदा पनि सरककारले कुनै राम्रो काम गर्न सकेन ।
नेपाली काग्रेसकै पालामा मुलुकमा शान्ती र संबिधान निर्माण भएको बताउँदै उनले मुलुकको विकासको नेतृत्व पनि काग्रेसले गर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा बिघठन गर्न खोजेर संबिधान माथी प्रहार गरेपनि न्यायलय बाट संबिधान संसद पुर्नस्थपना हुन सुदख पक्ष भएको बताए ।

उनले नेपाली काग्रेसलाई अहिले सत्ताको खेलमा नलाग्ने बताउँदै त्यस्तै परिस्थीति आएको खण्डमा मात्र काग्रेसले नेतृत्व लिन तयार समेत भएको बताए ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले पार्टी भित्र बैचारिक कुरा उठ्नु स्वभाविक भएको बताउँदै त्यसका पछि नलाग्न सम्र्पुण कार्यकर्तालाई आग्रह गरेका छन ।

उनले कसैले कसैलाई सिध्याउने खेल भन्दा पनि काग्रेसलाई कसरी बलियो बनाउँन सकन्छि भन्ने बिषयमा चासो राख्न आग्रह् गरे । उनले भने पार्टी ठुलो भएको खण्डमा सबैले अवसर पाउँने हँदा काँग्रेसलाई एकताबद्ध र बलियो बनाउनु आजको आवश्यकता रहेको बताए ।