Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

मेलमिलाप कर्तालाई आधारभुत प्रशिक्षण

दैलेख  : डुगेश्वर गाउँपालिकाको न्यायिक समितिका पदाधिकारी, सदस्य र मेलमिलाप कर्तालाई मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण गरिएको छ । नेपाल सरकार कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय संस्थागत पहुँच अभिबृद्धि परियोजनाको सहयोगमा जन अधिकार संरक्षण मञ्चको प्राबिधिक सहयोग र गाउँपालिकाको समन्वय न्यायिक समितिका पदाधिकारी,सदस्य र गाउँपालिकामा रहेको मेलमिलाप कर्तालाई मेल मिलाप सम्बन्धि आधारभुत प्रशिक्षण गरिएको हो ।

गाउँपालिकामा रहेका छ वटै वडाका मेलमिलाप कर्ता र न्यायिक समितिका पदाधिकारी र सदस्यलाई विवाद, विवादको स्वरुप, कारण, चरण, सामुदायिक अन्तरनिर्भरता, प्रचलित उपायहरु, मेलमिलापको ऐतिहासिक विकासक्रम, विवाद समाधानका रणनितिहरु, मेलमिलापकर्ताको भूमिका र दायित्व, मान्यता, हितअडान सम्वन्धी जानकारी,मेलमिलाप प्रक्रियाको जानकारी, आशय प्रभाव तथा निष्कर्ष तहको जानकारी, मेलमिलाप पूर्व पश्चातको जानकारी, मेलमिलाकर्तामा हुनुपर्ने गुणहरु, मेलमिलापका लागि चाहिने थप सीप औजारको वारेमा प्रशिक्षण गरिएको हो ।

डुगेश्वर गाउँपालिकाका उपाध्यक्ष एवम न्यायिक समितिका संयोेजक सिता ज्ञावलीले स्थानीय सरकार गठन भएपछि स्थानीय तहका उप प्रमुखलाई न्यायिक समितिको संयोजक तोकेपनि आवश्यक ऐन नियम,कार्यबिधि नुहँदा न्या सम्पादन समस्या भइरहेको बेला यो तालीमले महत्वपुर्ण भुमिका खेल्ने बताइन । उनले हामीले अन्यायमा परेका सबैलाई न्याय दिन प्रत्येक वडा बाट मेलमिलाप कर्ता छनोट गरी तालिम दिएको बताए ।

तालीममा सहभागि न्यायिक समितिका सदस्य रमिता तिरुवाले समुदायमा भएको विवादहरुलाई मेलमिलाप गराउदा अपनाउनुपर्ने ज्ञान सिप प्राप्त भएको र त्यस्ता विवाद समाधान गर्न थप जानकारी मिलेको बताइन । उनले वडामा देखिएका समस्या अव गाउँपालिका नआएर वडामै बिवाद मिलाउन आफुहरु लाग्ने बताइन ।

डुगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले न्याय सम्पादन गर्दा कसैले पनि राजनैतिक पुवाग्राही राखेर न्याय सम्पादन गर्न नुहने बताए । उनले समुदायमा मेलमिलाप कर्ताको महत्वपुर्ण भुमिका रहने भन्दै न्यायले पीडितलाई झन पीडा र पिडकलाई उत्साही हुने खालको न्याय सम्पादन गर्न नहुने बताए ।

डुगेश्वर गाउँपालिकाका महिला तथा बालिकालिका शाखाका प्रमुख अन्जु ज्ञावलीले तालीम दिएका मेलमिलाप कर्ताहरुको अभिलेख गाउँपालिकाममा सुचिकृत गर्ने बताइन ।

उनले मेलमिलाप कर्ताको आधारभुत तालीम संगै मेलमिलाप कर्ताले पालना गर्नु पर्ने आचारसहिता समेत निर्माण भएको र सपथग्रहण समेत गराइएको जानकारी दिइन । मेलमिलाप कर्तालाई प्रशक्षिक सतिश शर्मा र भानु रिजालले नौ दिन सम्म सहजीकरण गरेका थिए ।