Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

बैठकमा अनुपस्थित भइरहे विधानअनुसार कारवाही हुन्छ : ओली

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री भइदिनुहोस् भनेर निवेदन हाल्न नजाने बताएका छन्। एमाले निकट अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विकास विरोधीहरूले जति खुट्टा ताने पनि सक्दैनन्।
नेता कार्यकर्ताको स्वार्थ जनताको लागि मात्रै हुनुपर्छ। तर, देश र जनतालाई भन्दा आफ्नो स्वार्थलाई महत्व दिनेहरूको कारणले अहिलेको समस्या देखिएको छ।’ उनले आफ्नो नेतृत्वको सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनेमा केन्द्रित भएको बताए। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव कुमार नेपाल समूहलाई लक्षित गर्दै झगडियाहरूले, नक्कली लोकतन्त्रवादीहरूले हाउभाउसहित भाषण गर्दै हिँडेको आरोप लगाए।

‘चुनाव भयो भने संविधान र लोकतन्त्र मासिन्छ रे। ताजा जनादेशमा जान खोज्दा लोकतन्त्र खत्तम भयो भनेर लागे’ उनले भने, ‘चुनावमा जाने हो भने यिनीहरूले धुलो चाट्छन्। त्यसैले डर भयो होला।’ उनले ताजा जनादेशमा जाने कुराले संविधान र लोकतन्त्रको रक्षा हुने दाबी गरे। ‘अबको दुई वर्षभित्रमा चुनाव भइहाल्छ। भनेपछि लोकतन्त्रको आयु त्यही डेढ दुई वर्ष मात्रै रहेछ’ उनले भने।

माधवहरू ओलीलाई हटाउन पर्यो भनेर जोगीले झै घरघर चहार्दै हिँडिरहेको आरोप उनले लगाए। हामी कसैलाई प्रधानमन्त्री भइदिनुहोस् भनेर निवेदन हाल्न जाँदैनौ। हामी बाहेक देश विकास जाने गर्ने कोही पार्टी हुदैन’ उनले भने, ‘झगडियाहरूको ताल कस्तो हुँदो रहेछ देखियो। पार्टीमा विधि र पद्धतिको कुरा गर्नेहरूको ताल पनि देखियो।’

‘उहाँहरुले पार्टी प्यालेसमा भोज खान आउनेका सहि लिएर निर्वाचन आयोगमा जान्छन्। अनि हामीलाई पद र पार्टी मुक्त बनाइदिने रे’ उनले भने, ‘उहाँहरु को बाट सञ्चालित हो थाहा छैन।’

बैठक नबसि पार्टी अध्यक्ष र दलको नेता छाने भन्दै खुसियाली बनाएको उनले बताए। ‘एकजना अध्यक्षका लागि हिरिक्क(हिरिक्क गरिरहेका थिए। अध्यक्ष बने रे कहाँ हो ? उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई वर्वाद पार्नका लागि खुसियालीमा लड्डु खाएर खुसियालीमा अविर जात्रा गरेको हो हेरियो, हेदैछौँ।’ ​झगडियाले मुद्दा गर्ने भएकाले कार्यकर्ता देश बनाउनतिर लाग्ने ओलीको भनाई थियो।

उनले कसैको हिम्मत भए सरकारबाट हटाउन चेतावनी समेत दिए। ‘जालझेल गरेर कसैले हटाउन सक्छ भने हटाओस्। २० महिनापछि फेरि नेकपा एमालेको तर्फबाट चुनावमा गएर दुई तिहाई बहुमतको साथ सिंहदरबार फर्किन्छु’ उनले भने, ‘हामी सत्ताको लागि होइन जनताको पक्षमा छौँ। त्यसैले हामीलाई प्रतिपक्षमा बस्न कुनै समस्या छैन।’

देश र जनताको लागि काम गर्ने आफ्नो पार्टीको विकल्प नभएको उनले दाबी गरे। कुलंगारहरू दुई तिहाईको सरकार ढालेर टालाटुलीको सरकार बनाउनतिर भन्दै ओलीले देश बिगार्ने तत्वहरूलाई जनताले निर्वाचनमा देखाउने समेत बताए। उनले आफ्नो नेतृत्वको सरकार जनताको पक्षमा काम गरिरहेको दाबी गरे। विकास निर्माणमा समेत देशले फड्को मारेको उनले बताए।

माधव नेपाल समूहलाई लक्ष्ति गर्दै ओलीले भने ुमैले सुने उहाँहरु अदालतको निर्णयपछि पेरिस डाँडाबाट रूवाबासी गर्दै बानेश्वरको अर्याल होटलसम्म आएर बस्नुभएको छ रे। दुई चार दिन त्यहाँ बस्नुहुन्छ होला त्यसैले हामीले पार्टीको बैठक चैत्र ७ गते राखेका छौँ। उहाँहरुलाई समय मिलोस् भनेर।ु उनले पार्टी बैठकमा अनुपस्थित भइरहे पार्टी विधान अनुसार हटाउन सक्ने चेतावनी समेत दिए। साभार थाहाखवर