Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

६० सङ्क्रमित थपिए, ७२ कोरोनामुक्त

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमित थपिएको र ७२ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ । मन्त्रालयले हाल ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । थपिएका दुई जना मृतकसँगै कोरोनाबाट नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको हो । हाल ४९ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख १२ हजार ७९६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।