Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

गाउँपालिकाले मनायो पाँचौ स्थापना दिवस

दैलेख  :  नेपाल सरकारले २०७३ फागनु २७ गते नेपाल राजपत्रमा सुचना प्रकाशित गरी स्थानीय तहहरुको घोषणा गरेको दिनका अवसरमा जिल्लाको भगवतिमाई गाउँपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सास्कृतिक तथा वडा स्तरीय भलिवल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरेको छ ।
ब्यवसायीक कृषि,पशुपालन र पुर्बधार समृद्ध गाउँपालिको आधार भन्ने मुल नारा लिएको गाउँपालिकाले स्थापना भए देखी नै संघियताको मर्म अनुसार काम गरिरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले मुलुक संघिय सरचना गए पछि स्थानीय सरकारको निर्वाचन पश्चात निर्वाचित भए देखीनै संबिधानले परिकल्पना गरे अनुसारनै आफ्नो सरकारले काम गरेको बताएका छन ।

स्थापना दिवसमा हाल सम्म गरेका प्रगति प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले स्थानीय सरकारको गठन पश्चात आठ वटा गाउँ सभा,कार्यपालिकाका बैठक८७ वठा बैठक बसेको बताए ।उनले गाउँपालिकाका गौरवका आयोजना ग्रामिण विद्युतिकरण,गाउँपालिका भवन निर्माण,१५ शैय्याको अस्पताल,वडा कार्यालयको २ वटा,स्वास्थ्य सस्था भवन ४ वटा निर्माधिर रहेको बताए ।

गाउँपालिका स्थापना भएपछि गाउँपालिकाले श्रमरोजगार बैक स्थापना गरी १४० जनालाई रोजगारी सिर्जना,गाउँपालिकाको आवधिक योजना निर्माण, ७१ वटा ऐन नियम र कार्यविधि निर्माण,एक घर एक धाराको निति बमोजिक स्वच्च खानेपानी पु¥याउनु गाउँपालिकोको उपलब्धीमा राखेको छ ।

उनले गाउँपालिकाको भौतिक प्रगति प्रस्तुत गर्दै ०.५ किलोमिटर कालोपत्रे,ग्राभेल शुन्य प्रतिशत,ट्रयाक खोल्ने १२८ किमि,झुलोग्गे पुल ४ वटा, पार्क निर्माण १ वटारहेको बताए । उनका अनुसार खानेपानी तथा ढल निर्माण तर्फ खानेपानी उपलब्ध गराएका परिवार,एक हजार ,लाभाम्वित भएका छन ।

स्थानीय सकार संचालन गर्न सिमित स्रोत साधान,नागरिकको असिमित आंकाक्षा हुनु,भौगोलिक बनावट,अधिकार खोज्ने र कर्तब्य बाट पन्छीने प्रबृति,आन्तरिक आय कम हुनु,दिगोकर व्यवस्थापन गर्न नसक्नु,विद्युत आपुर्ती,सिचाई सुबिधाको कमी,गरिबी र बेरोजगारी,गाउँपालिका र वडा कार्यालयको आफ्नै प्रशासैनिक भवन नुहनु,जनशक्तिको अभाव हुन,विकासको बुझाई अभाव भएका कारण काम गर्न समस्या भएको जनाइएको छ ।

जिल्ला समन्वय समिति दैलेखका सदस्य नन्द बहादुर खड्काले सघियताको मर्म अनुसार अझै पनि स्थानीय सरकारले काम गर्न नसकको बताउदै अन्य पालिकाको तुलनामा भगवतिमाई गाउँपालिकाले काम गरेको बताए । उनले आगामी दिनमा समेत राम्रा काम गर्न गाउँपालिकालाई आग्रह गरेका छन । कार्यक्रममा नेकपा नेताहरु मयाराम अधिकारी,टेक बहादुर खाण,मान बहादुर खड्का,नरेन्द्र बहादुरर शाही लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

error: Content is protected !!