Loading... आजः सोमवार, असार ७, २०७८
Trending

समयमै उद्धार नहुँदा सुत्केरीको मृत्यु


मुगु  : सोरु गाउँपालिकामा एकजना सुत्केरीको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । सोरु गाउँपालिका–५ नेर गाउँकी २३ वर्षीया धनलक्ष्मी शाहीको बिहीबार मृत्यु भएको हो।

 

धनलक्ष्मीले बुधबार स्थानीय नेर स्वास्थ्यचौकीमा बच्चा जन्माएकी छिन्। साल ननिस्किँदा बेहोस भएकी शाहीको अत्यधिक रक्तश्रावबाट मृत्यु भएको हो। सुत्केरीको उद्धारकालागि जिल्ला प्रशासन र जिल्ला अस्पताललाई तत्कालै जानकारी गराइएको भएपनि हेलिकप्टर नआउँदा नेकपा एमाले मुगुका अध्यक्ष धर्मबहादुर शाहीले बताए।

 

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले संचार सेवाका कारण ढिलो जानकारी आएको बताए। जानकारी पाउनेबित्तिकै गृह मन्त्रालयमा समन्वयन गरी हेलिकोप्टर काठमाडौंबाट सुर्खेत पुग्दासम्म सुत्केरीको ज्यान गइसकेको उनले बताए। जिल्ला सदरमुकामदेखि नेर गाउँपुग्न दुई दिन पैदल हिँड्नुपर्छ। शाहीले छोरीको जन्म दिएकी छिन्।

error: Content is protected !!