Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

शुक्रवार ४८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको छ।

देशभर हालसम्म ९२९ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा २ हजार ५ सय १२ पीसीआर परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ।