Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखियो

दैलेख  :  नेकपा एमाले दैलेखले पार्टी कार्यालयमा राखिएको नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिट पार्टी ९नेकपा० ऋषि कटेललाई आधिकारिता दिएर नेकपा माओबादी केन्द्र र एमाले बिच भएका एकिकरण गरी निर्माण गरेको नेकपालाई खारेज गरे संगै पुरानै अवस्थामा फर्काए संगै एमालेले पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको हो ।
नेकपा एमालेले जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी पार्टि कार्यालयको बोर्ड राखेको हो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष प्रेम थापाले नेकपा एकिकरण पछि दुई समुहमा बिभाजन भएर छुटा छुट्टै समुहमा आवद्ध भएपनि सर्वोच्चको फैसला आए पनि नेकपा एमालेका सबै कार्यकर्ता पुरानै पार्टिमा गोलबन्द्ध हुन आग्रह गरेका छन ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्ब संबिधान सभा सांसद लक्ष्मी प्रसाद पोखरेल , कर्णाली प्रदेश सभा सदस्य मिनासिह रखाल, पार्टिका नेता लोमन शर्मा, सुर्य बहादुर शाही , अनेमसंघका जिल्ला अध्यक्ष तप्ता थापा, एमालेका क्षेत्रिय कमिटि अध्यक्ष एवम नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्का लगायतका नेताहरु सहभागि भएका थिए ।