Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

चार जनाको दाहासस्कार, एक बेपत्ता

..

दैलेख :  दैलेखको आठबिस नगरपालिका–३ निमायलका कर्णालीमा हाम फालेका एकै परिवारका पाँच जना मध्ये चार जनाको दाहासस्कार गरीएको छ भने एक जना अझै एक जना वेपत्ता रहेका छन् । पारिवारीक बिवादका कारण आठबिस नगरपालिका–३ निमाल बस्ने मानसिंह बडुवालकी श्रीमति सुकि बडुवाल उनका ३ छोरी र एक छोरा गरी पाँच जनाले फागुन २३ गते आईतबार राति कर्णालीमा हामफालेका थिए । स्थानीयका अनुसार श्रीमान मानसिंहले दिनहु मदिरा सेवन गर्ने र परीवारमा झै–झगडा गर्ने गरेका कारण बिरक्तिएर सुकिले चार जना सन्तान सहित कर्णालीमा हाम फालेको हुन सक्ने बताएका छन् ।
शव फेला पारी दाहा सस्कार गरिएका मध्ये मानसिंहकी छोरी १३ वर्षीया सरिता बडुवाल, १५ वर्षीया छोरी कल्पना बडुवाल, उनकी श्रीमती ३५ वर्षीया श्रीमती सुखी बडुवाल र १० वर्षीया छोरा ललित बडुवालको रहेको प्रहरीले जनाएको छ ।
दैलेखका प्रहरी कार्यालयका प्रमुख अनुपम श्रेष्ठले अहिलेसम्म कर्णालीमा हाम फालेका मध्ये चार जनाको सव फेला पारी दाहासस्कार गरिएको बताए । उनले बडुवालकी कान्छि छोरी ७ वर्षीया रजनी बडुवाल वेपत्ता रहेकाले खोजि कार्य भैरहेको जानकारी दिए । दाहासस्कार गरीएका मध्ये एक जना सुखि बडुवाललाई परम्परा अनुसार दागबक्ति दिएर जलाईएको र तिन जना बाल–बालिकालाई गाडिएको प्रहरीको भनाई छ ।
मृतक सुकीका भाई हरि बहादुर शाहीले पोष्र्टम्यार्टम गर्न ढिला भएका कारण दाहासंस्कार गर्न समस्या भएको बताए । उनले दुई बजे अक्षाम जिल्लाको मंगलसेन बाट नगरपालिकाको सहयोगमा टिप्परमा हालेर शव ल्याएको र आठबिस नगरपालिकाको ज्युला आरेघाटमा दाहासस्कार गरिएको मेरो कर्णालीलाई जानकारी दिए ।