Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

पाठेघर खसेका २६ महिलाको शल्यक्रिया


दैलेख :  :  पाठेघर खसेका २६ जना महिलाको शल्यक्रिया गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग र जिल्ला स्वास्थ्य सेवा कार्यालयको समन्वयमा संचालन भएको नौ दिने शिविरमा २६ जनाको शल्यक्रिया गरिएको जिल्ला स्वास्थय सेवा कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीलले स्त्रीरोग बिशेषज्ञ डा.राजीव शाहको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीले २६ जना पाठेघर खसेका महिलाको शल्यक्रिया गरेको जानकारी दिनुभयो । उहाँले शिविरमा २६० जना महिला सशभागी भएपनि २६ जना मात्रको शल्यक्रिया गरिएको जानकारी दिए ।

पाठेघर खस्ने समस्या उपचार गर्न आउने महिलाले नागरिकता वा आफ्नो स्थानीय तहको सम्बन्धित वडाको सिफारिस लिई आएका महिलाहरुको यातायात खर्च समेत कार्यालयले ब्यहोरेको जानकारी दिनुभयो । लामो समय देखी पाठेघरको समस्या बाट ग्रसित रहेको ग्रामिण भेगका महिला जिल्लामै नै शल्यक्रिया गर्न पाए पछि खुसी भएका छन ।बुधवार नै डाक्टरको टोलीको बिधाई समेत गरिएको छ ।

error: Content is protected !!