यातानाले लियोे पाँच जनाको प्राण
कमल शर्मा
दैलेखको आठबीस नगरपालिका–३, निमायल बिमलेकी सुकी बढुवालले श्रीमानले दिने याताना सहन नसकेकोर चार सन्तान सहित कर्णाली नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धान बाट बुझिएको छ । यो हृदय–विदारक घटनाको मूल कारक श्रीमान मानसिंह बडुवालले मध्यपान सेवन गर्ने र यातना दिने समस्या कारण पाँच प्राणले एक समय आत्महत्या गर्न पुगेको हुने सक्ने अनुमान गरिएको छ ।
फागुन २३ गते मानसिंहले गाउँकै एक पसलमा मदिरा सेवन गरेपछि सुकीले नै उनलाई घर लगेकी थिइन्। श्रीमानलाई घर लगेपछि राती सुकी चार सन्तान सहित घरबाट निस्केको अनुसन्धान बाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठले २३ गते नै राती आठ बजे घर बाट निस्केको र उनीहरुलाई बाटोमा फेला पर्ने एक जना स्थानीय भेटिएको बताए । उनले एक जना बृद्ध महिलाले कहा जान लागेको समेत भनेर सोधेको र उता बाट कुै जवाफ नआएपछि वास्ता नगरेको भन्ने कुरा खुल्न आएको बताए ।
पाँच जना मध्ये आमा सुकी बडुवाल,१५ वर्षिया छोरी कल्पना बडुवाल,१२ वर्षिया छोरी सरिता बडुवाल र छोरा १० वर्षिय ललित बडुवालको शव फेला परे पनि सात वर्षिय बालिका रजनी बडुवाल अझै बेपत्ता छन । आमा सहित बेपत्ता भएका मध्ये १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो फेला अछामको जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेका थिए । भने आमा सुकी बडुवाल र छोरा ललित बडुवालको शव मंगलवार दैलेख र अछाम जोड्ने बेलखेतस्थित पुल नजिकैको कर्णाली नदिमा दुई जनाको शव फेला परेको थियो ।
जिल्ला प्रहरी प्रमुख श्रेष्ठले कर्णाली नदिमा बेपत्ता भएकी बालिकाकाको शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय नागरिकको सहयोगमा खोजी कार्य भइरहेको बताए । उनले भने पौडीबाज हरुले कर्णाली नदिमा डुबेर खोज्ने क्रम जारी छ । गोताखोरको टोली मगाएको भएपनि अहिले सम्म नआएपछि समस्या भएको बताए । उनले भेटिएका चार वटै शवको मंगलसेन जिल्ला अस्पतालमा पोष्र्टम्यार्टम भइरहेको जानकारी दिए ।
आठबिस नगरपालिका – ३ का वडा अध्यक्ष प्रयागबहादुर शाहीले भन्नुभयो सुकीको परिवारको आर्थिक अवस्था मध्यम खालको रहेको बताए । उनले उनको परिवारमा ३ छोरी सहित १ छोरा र श्रीमान–श्रीमती गरी ६ जना थिए परिवारका मानसिंहले पहिलेदेखि नै मदिरा सेवन गर्ने र परिवारमा झगडा गर्ने गरेका कारण यस्तो घटना भएको हुनसक्छ । थप कुरा प्रहरीको अनुसन्धानपछि पत्ता लाग्ला ।
उनले मदिरा सेवनकै कारण यस्ता खालका मुटु नै काँप्ने घटना हालसम्म नभएको बताए । सामान्य मदिरा सेवन नगर्ने अहिले त कमै भेटिन्छन्, मदिरा सेवन गरी पारिवारीक झगडापछि यस्तो घटना पहिलो पटक भएको हो ।
सबै विद्यार्थीको स्वभाव नम्र थियो : प्रधानाध्यापक
आठबिस नगरपालिका वडा –३ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययन गर्ने कल्पना वडुवाल र कक्षा पाँच मा पढ्ने सरिता बडुवालको कक्षा तीन मा पढ्ने ललित बडुवाल र कक्षा १ मा पढ्ने रजनी बडुवाल २३ गते आइतवार सबै विद्यालयमा गएका थिए । विद्यालयका प्रधानध्यापक उजरि सिह बडुवालले कक्षा सातमा पढ्ने कल्पना बडुुवाल दिउँसो दुई बजे विद्यालय बाट घरमा काम छ भन्दै शिक्षक संग बिदा मागेर घर गएको बताए । उनले चारै जना विद्यार्थीको स्वाभाव नराम्रो थिएन । पढ्नमा मध्ययम खालका थिए कमजोर पनि थिएन यो घटनाले विद्यालय परिवारलाई समेत बिछिप्त बनाएको छ । उनले भने विद्यालयका चार जना विद्यार्थी मध्ये तीन जनाको शव फेला परेको र एक जना अझै बेपत्ता भएका कारण पनि विद्यालय खोलेर संचालन गर्ने सक्ने अवस्था छैन । विद्यार्थी समेत यो घटना बाट विद्यालयमा नआए पछि तीन दिन देखी विद्यालय बन्द छ । शोक प्रस्तावमा कति दिन विद्यालयमा बिदा गर्ने विषयमा समेत शिक्षकहरुको बैठक बसेर गर्ने तयारी गरेका छौ ।
सबै संग मिल्ले साथी हुन कल्पना
कक्षा ७ मा अध्ययन गर्ने कल्पना बडुवालका मिल्ने साथी थिए कृष्ण थापा । कृष्ण थापाले भने आफुहरु आगाडी पछाडीको बेन्चमा बस्ने गथ्र्यौ । नजानेको कुरा सोध्ने र जानेको कुरा साथीहरुलाई सिकाउने कल्पनाको बानी थियो । उनी सर संग घर जान्छु भनेर विद्यालय बाट दुई बजे घर गएकी उनी कहिलै नआउँने गरी संसार बाट बिदा लिईन ।
चारको दाहासस्कार गर्ने तयारी एक अझै बेपत्ता
कर्णाली नदिमा हाम फालेर आमा सहति बेपत्ता भएका मध्ये चार जनाको शव पत्ता लगाएर पोष्टम्यार्ट गरी दाहासस्कार गर्ने तयारी गरिएको छ भने एक जना बालिका बेपत्ता भएकी छिन । कर्णाली नदिमा हाम फालेर बेपत्ता भएकी आमा सकुी बुडुवाल,छोरीहरु कल्पना बडुवाल,सरता बडुवाल र छोरा ललित बडुवालको शव भेटाएर पोष्टम्यार्टम पश्चात दाहासस्कारको तयारी गरे पनि कान्छी छोरी रजनी बडुवाल भने अझै बेपत्ता भएकी छिन । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।