Loading... आजः शनिबार, मंसिर १८, २०७८
Trending

१०४ जनालाई कोरोना कोरोना संक्रमण

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ।देशभर हालसम्म ९११ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ३ हजार ४ सय ८८ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ। गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३२, ललितपुरका ११ तथा भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको छ।

error: Content is protected !!