Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

शोकमा डुब्यो निमायल गाउँ


कमल शर्मा
दैलेख,फागुन २५ गते । आइतवार साझ एकै घरका नावलक छोरा र तीन छोरी सहित आमाले कर्णालीमा हाम फालेर ज्यान गुमाए पछि निमायलमा रहेका ७० घरधुरीका स्थानीय कसैको आँखा ओभानो छैन ।निमायल गाउँमात्र नभएर आठबिस नगरपालिका पुरै शोकमग छ । कर्णाली नदिमा हाम फालेर मृत्यु भएका परिवार र आफन्तलाई समबेदना दिन त्यहा पुगेको आफन्तजनहरु सबै भावबिह्वल छन ।

आठविस नगरपालिका वडा न –३ का अध्यक्ष एवम छिमेकी प्रयाग बहादुर शाहीले भने आइतवार २३ गते श्रीमान मानसिह बडुवालले गाउँकै एक पसलमा मध्यपान गरेर होहल्ला गर्न थालेपछि श्रीमती सुकी बडुवालले गएर घरमा ल्याएको र पछि घरमा के बिवाद भया भन्ने थहाँ भएन ।

२४ गते बिहान ४ बजेतिर सुकी ४ सन्तान सहित घरबाट निस्केको र २४ गते खोज्दै जाँदा आमा सहित बेपत्ता भएका मध्ये १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो फेला प¥यो । वडा अध्यक्ष शाहीले उनिहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेको बताए ।

स्थानीय सुरेन्द्र कार्कीले दुई बहिनी १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवाल (नाम्लो)ले बाधेर हाम फालेको अवस्थामा फेला परको बताए । उनले शव भेटिएको स्थान बाट खोन्दै जाँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको अक्षाम जोड्ने पुल भन्दा दुई सय मिटर पर रहेको लाड्नेको भीर बाट हाम फालेको पुष्टि भएको बताए । उनले भने दुई बहिनीमा बाधेको बरियो घरमा डोकोमा लगाइएको थियो । घरमा समय लाग्न र सबैले थहाँ पाँउने भएपछि डोको सहित त्यहा ल्याएको देखिन्छ । त्यहा डोको मात्र नभएर चप्पल पनि भेटिएको छ ।

उनले भने चप्पल डोको भेटिए पछि अन्य बेपत्ता भएका एक छोरी एक छोरा आमालाई खोज्न सजिलो भयो त्यसैका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरु खटिए पछि मंगलवार १२ बजे आमा सुकी बडुवाल र उनका छोरा १० बर्षीया ललित बडुवालको शव फेला परेको बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले थप दुई जनाको शव पनि कर्णाली नदिमै भेटिएपछि पाँचै जनाले कर्णाली नदिमा हाम फालेको पुष्टि भएको बताए । । उनले भने पछि अनुसन्धानमा थप केही प्रमाण भेटिएलान तर पहिलो प्रारम्भिकमा हेर्दा सबैले आत्महत्या गर्न कर्णालीमा हाम फालेको देखिन्छ ।

पारिवारक कलह
मृतक सुकी बडुवालले भाई मानेकी हरि बहादुर शाहीले भने घरमा सामान्य बिवाद हुने गरेको बताए । उनले घरमा श्रीमानले कहिले मध्यपान सेवन गरेर आउँने र घरमा गालि गर्ने समस्याले यो घटना निम्त्याएको अनुमान गरेको बताए । उनले घरमा छोरीहरु दिन प्रतिदिन ठुलो हुदै गएपनि बाबुले गर्ने व्यवहारले दिक्क भएर यो निर्णयमा सबै जना पुगेको हुन सक्ने बताए ।

कर्णालीका प्रदेशका प्रहरी प्रमुख घटना स्थलमा
एकै घरमा पाँच जनाले कर्णालीमा हाम फालेर बेपत्ता भएकाहरुको खोजी कार्याका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त घटना स्थल पगेका छन । घटना स्थलमा घटनाको प्रकृति,बेपत्ताहरुको खोजी,र स्थानीय नागरिक संग समन्वय गरेर शवको पोष्मार्टम गरी सम्बन्धीत पक्षलाई जिम्मा लगाउँन त्यहा पुगेको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

पाँच मध्य,े एक बेपत्ता चार भेटिए
कर्णाली नदिमा हाम फालेर बेपत्ता भएका जिल्लाको आठबीस नगरपालिका–३ निमायलका ३५ बर्षीया सुकी बडुवाल उनका छोरीहरु १५ बर्षीया कल्पना वडुवाल, १२ बर्षीया सरिता बडुवाल, ७ बर्षीया रजनी बडुवाल र छोरा १० बर्षीया ललित बडुवाल मध्ये चार जनाको शव फेला परेको छ भने एक जना ७ वर्षिया छोरी रजनी बडुवालको भने शव भेटाउन सकिएको छैन ।

श्रीमान प्रहरीको नियन्त्रणमा
श्रीमती ,तीन छोरी र एक छोरा पाँच जनाले कर्णालीमा हाम फालेर आत्महत्या गरे संगै मृतक सुबी बडुवालका श्रीमान मानसिह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख श्रेष्ठले भने स्थानीय नागरिकका अनुसार श्रीमान मदिरा सेवन गर्ने र घरमा विबाद हुने कुरा आएको छ । त्यसलै यो घटना घट्न गयो वा अन्य कुनै कारण हो त्यो अनुसन्धान गर्न पनि नियन्त्रणमा लिनु पर्ने कारण अहिले इलाका प्रहरी कार्यालय राकमकर्णालीमा राखेको बताए । उनले मृत्यु हुने त मृत्यु भइसक्नुभयो अव उहाँलाई कसरी हुन्छ मानिसक रुपमा सक्षम बनाएर घटनाको अनुसन्धान गर्छौ ।

पोष्र्टमार्टमा लागि अक्षाम पु¥याइयो शव
कर्णाली नदिमा सोमवार र मंगलवार दुई दुई जनाको शव भेटिए संगै पोष्र्टमार्टमका लागि अक्षाम पु¥याइएको छ । प्रहरी प्रमुख श्रेष्ठले सोमवार भेटिएका १५ बर्षीया कल्पना वडुवाल, १२ बर्षीया सरिता बडुवालको शवलाई पोष्टमार्टम गर्न अक्षाम पु¥याइएको र अन्य दुई जना आमा ३५ वर्षिय सुकी बडुवाल र १० बर्षीया ललित बडुवालको शव पनि पोेष्टम्यार्टमका लागि पठाउने तयारी गरेको बताए ।
खोजी कार्य निरन्तर
कर्णाली नदिमा हाम फालेका पाँच जना मध्ये चार जनाको शव भेटिए पनि एक जना भने बेपत्ता छन । बेपत्ता हुनेमा ७ वर्षिय छोरी रजनी बडुवाल रहेको स्थानीय सुरेन्द्र कार्कीले जानकारी दिए । उनले स्थानीय युवाहरुले डुग्गाको सहयोगमा छाताको क्रङले निर्माण गरिएको स्थानीय भाषमा च्याउसो भन्ने सामाग्रीको प्रयोग बाट बेपत्ता शव पत्ता लागेको र एक जनाको खोज्ने क्रममा जारी रहेको बताए ।
प्रहरी प्रमुख श्रेष्ठले भने स्थानीय र नेपाली सेना नेपाल प्रहरी, शसत्र प्रहरीले खोजी गरिहरको र नभेटिएको खण्डमा काठमाडौ र जुम्ला बाट गोतर बोलाउने तयारी गरिरहेको बताए ।

 

error: Content is protected !!