Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

गाउँ अभियानमा लाग्यो नेकपा एमाले

दैलेख  :  सर्वोच्च अदालतले नेकपालाई पुर्ववत अवस्थामा फर्काइदिएपछि नेकपा एमाले गाउँ पसेको छ । सर्वोच्चको फैसलालाले पुर्ववत रुपमा नेकपा एमाले र माआबोदी ब्युतिएको संचारमाध्यममा समाचार प्रकाशन भए संगै पुर्ब निर्धारित कार्यक्रमको ब्यानर समेत परिवर्तन गरेर नेकपा एमालेका नेताहरु गाउँ अभिायनमा लागेको छन । सोमवार दैलेखको पुर्वी क्षेत्रमा पर्ने नौमुले गाउँपालिकामा सोमबार भएको कार्यकर्ता भेलामा नेकपा एमालेको व्यानरसहित नेता सम्वोधन समेत गरेका छन् ।

अगुवा कार्यकर्तालाई सम्बोधन गर्न पुग्नुभएका नेकपा एमालेका केन्द्रिय सदस्य तथा दैलेख पार्टी इन्र्चाज लक्ष्मी प्रसाद पोखरेलले आफुहरु पुरानै घरमा फर्किएको बताउँदै सबै कार्यकर्तालाई बिचल्लित नभएर मुलघरमै बस्न आग्रह गरे । उनले पार्टी कार्यकर्ताको मर्म र भावना बिपरित केन्द्रीय नेतृत्वले पार्टी एकिकरण गरेपछि आफुहरुले लागे पनि सर्वोच्चले पुरानै घर फर्केने वाताबरण सिर्जना गरेकोमा आफुहरु उत्साही भएको बताए ।

उनले भने पार्टिका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकास र बिदेशी हस्तक्षेप बन्द गर्दै देशलाई एकताबद्ध बनाएर अगाडी बढाँन खोज्दा पार्टीका नेताहरुले नै प्रधानमन्त्री बिरुद्धमा लाग्ने समस्याका कारण आजित बनेका आम कार्यकर्ता सर्वोच्चको निर्णयको स्वागत गरेको बताए । उनले एमाले नै जनताको आशा र अपेक्षाको केन्द्र विन्दु भएको बताउँदै सर्वोच्च अदालतले गरेको फैसला लाई कार्यान्वयन गर्दै एमालेको किल्ला रहेको दैलेखलाई पुन स्थापित गर्न गरी लाग्न कार्यकर्तालाई आग्रह गरे ।

नेकपा एमालेका नेता तथा भूमि आयोग दैलेखका अध्यक्ष सुर्यबहादुर शाहीले अब एमालेलाई गाउँ वस्तीमा सुदृढ गराउँदै लैजाने बताए । उनले ‘हामी विगतमा यो वा त्यो बहानामा विभाजित भएपनि हाम्रो मुलघर नै नेकपा एमाले हो । अब हामी अदालतको आदेशसँगै गाउँ बस्तमिा जान्छौं । उनले भने नेकपा एमालेका नीति, जनताको बहुदलिय जनवादलाई अंगिकार गर्दै कमिटी गठन तथा पुर्नगठन अभियानमा लाग्न सबैलाई आग्रह गर्दछु ।

नेकपा एमाले नेता लोमन शर्माले पुर्ब एमालेहरु एमालेको झण्डामा गोलबद्ध भइ समृद्ध नेपाल निर्माणमा जुटन आग्रह गरे । उनले प्रधानमन्त्री केपी शर्मालाइ समाप्त पार्ने खेलेको अन्त्य भएको भन्दै माधव समुहमा रहेको नेता कार्यकर्तालाई सच्चिएर पार्टीमा लाग्न आग्रह गरे । उनले भने प्रचण्डको भनाईमा लागेर माधव कमरेडले जे काम गर्नुभयोे त्यो दुखद रहेको बताँदै उनले आत्मआलोचना गरेर पार्टीमा आएर पुरानै ढंग बाट काम गर्न आग्रह गरे ।

नेकपा एमालेका नौमुले गाउँपालिकाका नेता शसिराम विश्वकर्माले धेरै समयको अन्तर पछि मुल पार्टी एमालेको ब्यानर, र झण्डामुनी कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले भने नेकपा एमालेको जनमतका कारण माओबादी यो स्थानमा आएको स्मरण गर्दै उनले जुन थालमा भात खायो त्यही थाल बिसर्ने कमरेडलाई सच्चिएर आउँन आग्रह गरे ।

नेकपा एमालेका जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सांसद रबन्द्रि शर्माले प्रत्येक गाउँपालिका र नगरपालिकामा एमालेको ब्यानरमा कार्यक्रम गर्ने बताए । उनले सर्वोच्चको फैसालले अलग अलग हुने बाटा देखाए संगै नेकपा एमालेका पर्बुवत कमिटिले कार्यक्रम आयोजना गर्ने बताए । उनका अनुसार मंगलवार भैरवी गाउँपालिकामा नेकपा भैरवी गाउँ कमिटिको आयोजनामा बृहत कार्यकर्ता भेला, चामुण्डाबिन्द्रासैनीमा भेला तय गरिसकेको छ ।