Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

जीवीकोपार्जनका लागि सिप सिक्दै


दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिका–५ र ६का युवाहरु जीवीकोपार्जनका लागि सिप सिक्न थालेका छन । गाउँमै पाउँने कच्चा पदार्थ बाट बिभिन्न किसीमका सामाग्री निर्माण गरेर जीवीकोपार्जन टेवा पु¥याउनका लागि सिप सिक्न थालेको युवाहरुले बताएका छन ।
बजारमा विभिन्न पलाष्टिकका सामाग्री पाउँन थालेपछि लोप हुने अवस्थामा पुगेको बेला गाउँपालिकाको समन्वयमा कारितास जर्मनी र कारितास नेपालको सहयोगमा युवाहरुलाई सिप सिकाईएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले कोरोना महामारीका कारण स्वदेश फर्केर बेरोजगार बसेका युवाहरुलाई सस्थाको सहयोगमा स्थानीय स्तरमा पाईने कच्चा पदार्थको प्रयोगका लागि डोको डालो चोया चेत्रा सम्बन्धी सिप सिकाइएको बताए । उनले घरमा केही नगरी बस्ने युवालाई सिप सिकाई आय आर्जनमा जोड्ने उद्देश्यले यस्ता विभिन्न कार्यक्रम संचालन गरेको बताए ।

एकता फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत जनक प्रसाद अधिकारीले कोरोना महामारीका कारण रोजगार गुमाएर स्वदेश फर्केका भगवतिमाई गाउँपालिका –५ र ६ का आठ जना युवालाई सिप सिकाईएको बताए । उनले स्थानीय स्तरमा दालमोट निर्माण गर्ने, महिलाहरुलाई सिलाई कटाई,कपाल काट्ने र बेमौसमी तरकारी गरी दुई सय भन्दा बढि युवा युवतीलाई सिप सिकाइएको जानकारी दिए ।

भगवतिमाई गाउँपालिका–५ का राम बहादुर थापाले डोको डालो निर्माणका लागि सिप सिकाइएकोमा खुसी ब्यक्त गरे । उनले युवाहरुलाई रोजगारमा जोडिन आवश्यक पर्ने सिप सिकाएर ब्यवसायिक बन्न सबैको सहयोग आवश्यक रहेको बताए ।