Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

एमालेको माधव नेपाल समूहले गर्‍यो केन्द्रीय सदस्यहरुको छुट्टै भेला

काठमाडौँ :  आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन्।

एमालेका माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन्।

बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सो समूहका केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको थियो।

सर्वोच्च अदालतले साबिकको नेकपा (एमाले) पार्टी ब्यूँताइदिएपछि माधव–झलनाथ पक्षले एमालेमै रहेर ‌ओलीविरुद्ध लड्ने बताएका थिए।
तत्कालिन नेकपा ९एमाले०को संसदीय दल, स्थायी कमिटी र केन्द्रीय कमिटीमा माधव नेपाल समूहको बलियो उपस्थिति रहेको छ।

error: Content is protected !!