Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

श्रमीक महिलाको गुनासो काम समान,ज्यालामा असमान


दैलेख  :  जिल्लाका काम गर्ने महिलाहरुले पुरुष समान काम गरेपनि आफुहरुले पाउँने ज्यालामा असमान भएको गुनासो गरेका छन । मजदुरीका लागि विकास निर्माण र गाडिमा समान लोड अनलोड गर्ने काममा पुरुष सरह काम गरेपनि ज्याला भने कम पाउँदै आएको गुनासो गरेका हुन ।

सुन्दर नेपाल संस्था द्धारा संचालित नागरिक समाज पारस्परिक जवाफदेहि परियोजनाको सहयोगमा नारायण नगरपालिकाको आयोजनामा १११ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्र्दभमा आयोजना गरिएको श्रमिक महिलाको सवाल अवसर र चुनौती विषयक वृहद्ध् अन्तरक्रिया कार्यक्रमा सहभागि भएका महिलाहरुले दिनभरी काम गरेपनि आफ्नो काम अनुसारको ज्याला नपाँदा समस्यामा परेको बताएका छन ।

नारायण नगरपालिका –१ की बादी समुदायकी अगुवा पवा बादीले महिलाहरुले पुरुष सरह काम गरेपनि ज्याला नपाउने गरेको बताइन । उनले काम गर्दा महिला र पुरुष हेरिन्न पछि पैसा दिने बेला महिला र पुरुष हेर्न समस्याका कारण आफ्नो समुदायका महिलाहरुले सम्मान ज्याला पाउन नसकेको बताइन ।

उनले आफ्नै समुदायका पुरुष र महिला संगै काम गर्दा सम्मान रुपमा ज्याला नपाउने गरेको बताउँदै त्यसका लागि नियमनकारी निकायल पहल थाल्नु पर्ने बताइन । उनले भनीन हामीलाई क्षमता अनुसारको सिप दिन आग्रह गरे । नारायण नगरपालिकाले महिला लक्षित विभिन्न कार्यक्रम संचालन गरेपनि बादी समुदायका लागि भने केही नदिएको बताए । उनले भन्नुभयो विहान बेलुका के खाने समस्या हुन्छ काम नगरे साझ घरमा चुलो बल्ने अवस्था छैन सुत्केरी समयमा अराम गर्नु पर्ने महिलाहरु समेत भारी बोक्न बच्चा छोडेर गाडि खोज्दै हिड्नु पर्ने हुन्छ ।

नारायण नगरपालिका –१ की बाल कुमारी सुनारले बिहान ७ बजे देखी साझ ९ बजे सम्म काम गरेपनि आफुहरुले सम्मान ज्याला नपाउने गरेको बताइन । उनले दिनभरी ढलानमा काम गर्छौ पुरुषले एक हजार ज्याला पाउँदा आफुले ६ सय सम्म पाउने गरेको बताइन । उनले भनीन काम नगरी सुख्खै छैन त्यसले गर्दा समुदायका कति महिलाको पाठेघर खस्ने गरेको छ ।पाठेर खसेर केहीको उपचार भएपनि आर्थिक अभावका कारण उपचारमा समेत समस्या भएको छ ।

नागरिक समाज पारस्परिक जवाफदेहि परियोजनाका कार्यक्रम अधिकृत यज्ञराज थापाले सकारले ज्यालाको निर्धारण गरेपनि तोकिएको ज्याला महिलाहरुले नपाउने गरेको बताए । उनले स्थानीय सरकारले काम गरी खाने महिलाहरुका लागि जीवीको पार्जनका लागि निति निर्माण गरेर उनीहरुलाई आय आर्जनमा जोड्नु पर्ने बताए ।

नारायण नगरपालिकाका उप प्रमुख सावित्रि मल्लले नारायण नगरपालिकाले महिला लक्षित कार्यक्रम बाट गर्भवति महिला संग उपमेयर कार्यक्रम,सुनौला हजार दिनका आमालाई पोषण कोशेली,असल आमाहरुलाई सम्मान जस्ता कार्यक्रम संचालन गरेको भएपनि आगामी आर्थिक वर्ष बाट काम गरी गुजरा चलाइरहेको महिलाहरुका लागि बिशेष कार्यक्रम ल्याउने बताइन । उनले नगरपालिकाले योजना छनोट गर्दा सम्बन्धीत वडामा काम गरि खाने महिलाहरुले आफुहरुलाई आवश्यक पर्ने सिपका लागि योजना माग गरेको खण्डमा सम्बोधन गर्ने समेत बताइन ।