Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

दोस्रो चरणको लगाउँन ११३ खोप केन्द्र निर्धारण


दैलेख  :  दोस्रो चरणमा संचालन हुने कोरोना बिरुद्धको लगाउँन जिल्लाभर ११३ वटा खोप केन्द्र निर्धारण गरिएको छ । दोस्रो चरणको खोप लागाउँन प्रथामिकतामा परेका ६५ वर्ष माथीका नागरिकलाई खोप सेवा उपलब्ध गराउँनका लागि ११३ वटा खोप केन्द्र निर्धारण भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले जिल्ला भर ६५ वर्ष माथी पुगेको १४ हजार नागरिकलाई खोप लगाउने जानकारी दिए । उनले जिल्लाका ११ स्थानीय तह मध्ये पहिलो दिन २३ गते डुगेश्वर गाउँपालिका,गुराँस गाउँपालिका ,नौमुले गाउँपालिका,भगवतिमाई गाउँपालिका,नारायण नगरपालिका ,२५ गते महावु गाउँपालिका र भैरवी गाउँपालिका २६ गते ठाटिकाँध गाउँपालिका चामुण्डाबिन्द्रासैनी नगरपालिका,दुल्लु नगरपालिका,आठबिस नगरपालिकाका स्वास्थ्य चौकीमा खोप लगाइने र जिल्ला स्वास्थ्य सेवा कार्यालयमा भने दैनिक खोप लगाईने बताए ।

खोप अभियानभर ११३ खोप केन्द्रमा चार सय ५२ जना खोप कार्यकर्ता परिचालन हुने बताइएको छ । दोस्रो चरणको पहिलो प्रथामिकतामा खोप लगाउनु भएका नारायण नगरपालिका –१ का मोहन सुनारले खोप लगाउनु पाउनु नेपालीहरु भाग्यमानी भएको बताए । उनले कोरोना महामारीको बेला कुनै पनि औषधी छैन भन्ने सुन्थ्यिो त्यसको एक वर्ष भित्र खोप लगाउन पाइयो त्यसका लागि नेपाल सरकार लाई धन्यबाद दिए । उनले कोरोना बिरुद्धको खोप लगाउँदैमा केही असर नगर्ने भएकाले सबै ६५ वर्ष नाघेका नागरिकलाई खोप लगाउँन आग्रह गरे ।