सर्वोच्चले नेकपा हराउँदा दैलेखमा दिपावली
दैलेख : सर्वोच्च अदालतले झन्डै अढाई वर्षअघि साबिकका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आइतबार बदर गर्दै २०७० सालमा ऋषिराम कट्टेलले दर्ता गरेको नेकपालाई मान्यता दिँएर नेकपा एमाले र माओबादी केन्द्र पुरानै अवस्थामा फर्काए संगै नेकपा ओली पक्षीय नेता तथा कार्यकर्ताले दैलेखमा दिपावली गरेका छन ।
२०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र तत्कालीन (माओवादी केन्द्र) बीच एकता भएपछि निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भएको थियो। त्यसपछि कट्टेलले सो नाम आफ्नो नेतृत्वमा रहेको नेकपासँग जुधेको भन्दै निर्वाचन आयोग, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केपी शर्मा ओली र पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
रिट निवेदन दर्ता भएको झन्डै दुई वर्षपछि सर्वोच्चले निर्णय गर्दै सर्वोच्चले अदालतले ऋषिराम कट्टेलललाई नै नेकपाको आधिकारितक दिएपछि नेकपा ओली पक्षीय नेता तथा कार्यकर्ताले देवकोटा चोकमा दिपावली गर्दै शाही पनि एमाले मै पनि एमाले भन्ने गित लगाएर नाचेका समेत थिए ।
दिपावली कार्यक्रममा सहभागि भएका नेकपाका केन्द्रिय सदस्य तथा दैलेख इन्र्चाज लक्ष्मी पाखेरेलले प्रचण्ड माधव नेपालले पार्टिको आधिकारिकता राम्रो संग पाएको बताए । उनले देशमा स्थीर सरकार निर्माण गरी मुलुक लाई समृद्धिको बाटोमा लैजान लाग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न लान्छाना लगाएर पार्टि बाट निस्कासित गर्ने, संसदीय दल बाट हटाउने जस्ता कुकर्म गर्नेहरुलाई सर्वोच्चले नराम्रो झापड दिएको बताए ।
उनले भने प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा सर्वोच्चले प्रतिनिधी सभा पुर्नस्थापना गरेर ठुलै उपहार दिएको भन्दै लड्डु खानेहरुलाई माधव नेपालको जन्मदिनमा पनि सर्वोच्चको फैसलाले राम्रो उपहार दिएको बताए । उनले दैलेख जिल्ला नेकपा एमालेको किल्ला रहेको भन्दै पुन पनि नेकपा एमालले किल्ला बनाएर छाड्ने बताए । दिपावली गर्न आएका नेताहरुलाई सम्झाउदै हामी अहिले खुसी हुने कारण भनेको पुराँनै नेकपा एमाले ब्युतियो भनेर हो अरु समस्या छन ती समस्या पनि समधान भएर जानन्छन त्यसैले कसैले कसैलाई तिरस्कार भन्दा पनि राम्रो व्यवहार गर्नुपर्ने बताए ।
दिपावली कार्यक्रममा कर्णाली प्रदेश सभा सांसद मिनासिह रखाल,पार्टिका केन्द्रिय सदस्य,जिल्ला कमिटि सदस्य,अनेरास्ववियु र युवा संघ नेपालका केन्द्रिय सदस्य लगायतले दिपावली गरेका थिए । दिपावलीमा नेकपा एमाले जिन्दाबाद,जनताको बुहदयि जनबाद जिन्दाबाद,प्रधानमन्त्री केपी शर्मा ओली जिन्दाबाद जस्ता नारा लगाइएका थिए ।