Loading... आजः बुधबार, बैशाख ५, २०८१
Trending

महिला शसक्तिकरणका लागि शिक्षामा जोड दिऔँ

दैलेख  :  दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देबकोटाले महिला सशक्तिकरणको निम्ति महिलाको शिक्षामा जोड दिनुपर्ने बताएका छन । नारायण नगरपालिका र स्थानीय गैससहरुको संयुक्त आयोजनामा आयोजना गरिएको नारी दिवस तथा श्रमीक महिला दिवसका अवसरमा उनले उक्त कुरा बताएका हुन । उनले महिलाहरुलाई शिक्षामा अगाडि बढाउदै क्षमता र आत्मनिर्भरता बनाउन जरुरी छ ।

नेपाली काँग्रेसका कोषाध्यक्ष पूर्णबहादुर चालिसेले राजनीतिक जागरणले महिला सशक्तिकरण बढेको तर सरकारले महिलाहरुलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे ।

नारायण नगरपालिका उपमेयर सावित्री मल्लको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघका तप्ता थापा, नेपाल महिला संघका केन्द्रीय सदस्य निर्मला खड्का, सामाजिक विकास कार्यालयका निमित्त प्रमुख लिलाराम सापकोटा लगायतले आफ्नो धारणा राखेका थिए ।