Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

चार छोरा छोरी सहित आमाले कर्णाली नदिमा हाम फालिन


दैलेख  :  सोमबार दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन्। आमासहित ४ जना बालबालिकाले नदीमा हाम फालेको आशंका प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका चार जना मध्य सोमबार दुई जनाको शव भेटिएको जानकारी दिए ।
उनले १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटेर सनाखत भइसकेको बताए ।
‘३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छन ्। आज (मंगलबार) गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।
मृतकका श्रीमान् मानसिंह बडुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरी अनुसन्धानसमेत थालेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ। सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट माइत जान लाग्नुभएकी उहाँको माइतमा समेत नगएको नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।
आठबिस नगरपालिका –३ का हरि बहादुर शाहीले पारिवारि झगडाका कारण समस्या भएको बताए । उनले मदिरा सेवन गरेर कुटपिट गर्ने झै–झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेका हुन सक्ने बताए । उनले नदीमै दुईवटा शव भेटिनुले पनि हाम फालेको हुनेसक्ने आंकलन गर्न सकिन्छ।’ मदिराकै कारण घरेलु हिंसालाई सहन नसकेर आमासहित ४ जना बच्चा हामफाल्न बाध्य भएको हुनसक्ने उनको भनाई छ। सोमबार नेपालभर १११ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहँदा आठविस नगरपालिकाको ३ निमाईल बस्ती भने शोकमग्न बनेको छ।