Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

९७ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ११४ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । हाल एक हजार ५८३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ६९ हजार ६१९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ६१ जना कोरोना सङ्क्रमितले सङ्क्रमणबाट ज्यान गुमाएका छन् । हाल एक हजार ५८३ जना आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् । हालसम्म २१ लाख ३४ हजार २६१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।