Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

बाह्य बस्तुको आयात रोक्न रैथाने वाली संरक्षण


सुर्खेत :  कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बाह्य जिल्ला बाट आयत हुने बस्तुको प्रतिस्थापन गर्न रैथाने बालीको संरक्षण गर्नु पर्ने बताएका छन । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना र विभिन्न सरकारी तथा गैरकारी सस्थाको सहयोगमा बीरेन्द्रनगरमा आयोजना गरिएको प्राङ्गरिक खेती प्रर्बदन तथा रैथाने वाली संरक्षण दिवसमा उनले सो कुरा बताएका हुन ।
कर्णाली प्रदेश सरकार गठन भएको दोस्रो मन्त्रीपरिषदको बैठक बाट कर्णाली प्रदेशमा अर्गानीक प्रदेश निर्माण घोषणा गरिएको बताँदै उनले कृषिकर्म बाट समृद्धि हासील गर्न सकिने भएकाले रैथाने वालीको संरक्षण नयाँ वालीको प्रर्बदन गर्न आवश्यक रहेको बताए । उनले कर्णालीमा रहेका किसानलाई आयआर्जनमा जोड्न विभिन्न अनुदानका कार्यक्रम संचालन गरेको भएपनि त्यसको दुरुपयोग भएको जनगुनासो आएपछि अनुदानको सट्टा बैक बाट सहुलियत ऋण दिने व्यवस्था सरकारले गरेको बताए ।
अहिले सडक संजाल नपुगेको ठाउँ बाहेक अन्य सबैमा विषादीको प्रयोग गरिएको छ । त्यसले भोली विभिन्न प्रकारका रोगहरु निम्त्याउछ । हामीले अव प्राङ्गरिक मलको प्रयोग गरेर उत्पादन गरौँ त्यसले मानवको स्वास्थ्यमा समेत राम्रो काम गर्छ । उनले भने सुरुमा अर्गानीक प्रदेश निर्माण गछौँ भन्दा आफुहरुलाई मजाक बनाइएको थियो तर अर्गानीक प्रदेश निर्माणका आधारहरु तयार भए संगै अहिले केही मात्रामा भएपनि हामीले अर्गानीक बस्तुहरुको उत्पादन गरेको छौ ।
कृषकले उत्पादन गरेर बजारीकण गर्न नसकेको खण्डमा प्रदेश सरकारले त्यसको व्यवस्था समेत मिलाउने किसानलाई आश्वासन दिए । उनले भने बजारीकरणको समस्या मानेर बस्यौ भने हामी जहाँको त्यही हुन्छौ त्यसैले व्यवसायीक उत्पादन गर्नुहोस त्यसको व्यवस्थापन सरकारले गर्छ । कर्णाली प्रदेशलाई समृद्धिको बाटोमा जोड्ने प्रमुख कारण भनेको कृषि नै हो त्यसका लागि किसानलाई आवश्यक पर्ने सिप,प्रविधि,र आवश्यक अन्य कुराहरु प्रदेश सरकारले दिन तयार रहेको बताए । कार्यक्रममा कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले अर्गानिक प्रदेश घोषणा भएको तीन वर्ष पछि उक्त दिवस मनाइएको बताइन । उनले कृषिमा हामीले विगतमा भन्दा धेरै राम्रा कामहरु गरेका छौ निराश हुनु पर्ने अवस्था छैन सरकार साथमा छ यो बेला तपाईहरुको साथ र इच्छा शक्ति आवश्यता छ । प्राङ्गरिक खेती प्रर्बदन तथा रैथाने वाली संरक्षण दिवसमा कार्यक्रममा कर्णालीका विभिन्न जिल्लामा उत्पादन भएका बस्तुहरुको स्टल समेत राखिएको थियो । भने कार्यक्रममा सहभागीलाई अर्गानिक बस्तुहरुको खाजा व्यवस्थापन समेत गरिएको थियो ।