Loading... आजः बिहिबार, चैत्र १५, २०८०
Trending

यो विछोड हो कि माया बोलको गीत सार्वजनिक


काठमाडौँ  :  गायिका रचना रिमाल र रोमन प्रकाशको स्वरमा गीत ‘यो विछोड हो कि माया’ बोलको गीत सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रम गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो।

गीतलाई सार्वजनिक गरिसकेपछि गायिका रचना रिमालले गीतको शब्द एकदमै मर्मस्पर्शी रहेको र भिडियोले मन छोएको बताइन्। ‘म सेन्टी भइरहेकी छु,’ रिमालले भनिन्, ‘मलाई भिडियोमा अभिनय हेरेर सिरिङ सिरिङ भइरहेको छ, कान पनि तातेको छ।’ उनले आफूले रुन मन लागिरहेको बताइन्। गीतको शब्द उत्तम विचारले लेखेका हुन्।

यो गीतको भिडियो गीतको भिडियोमा प्रकाश सपूत र आँचल शर्माको अभिनय छ। गीतलाई सरोज ओलीले निर्देशन गरेका हुन्। गीतमा संगीत रमेश कुमारको रहेको छ भने गीतलाई कृष्ण विकेले एरेञ्ज गरेका हुन्। यो गीतमा रिमेश कुमारको संगीत रहेको छ ।