Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

भाषणमा प्रथामिकता,बजेट बिनियोजनमा कम

...

दैलेख  :  स्थानीय सरकारकाका जनप्रतिनिधीले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता राखेर बजेट बिनियोजन गर्ने गरेको बताए पनि यर्थातमा स्वास्थ्य क्षेत्रमा कम बजेट बिनियोजन गरेको पाइएको छ । नेपाल सरकारको नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम अन्र्तगत स्वास्थ्यका प्रतिफलहरुलाई सुदुढिकरण गर्ने उद्देश्यले युकेआइडिको सहयोगमा संचालित स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनाले गरेको अध्ययनले स्वास्थ्य क्षेत्रमा सबै भन्दा कम बजेट बिनियोजन गर्ने गरेको पाइएको हो । जिल्लाको नारायण नगरपालिका र नौमुले गाउँपालिकामा गरिएको एक अध्ययनले स्वास्थ्य क्षेत्रमा सबै भन्दा कम बजेट बिनियोजन गरेको पाइएको हो ।

नारायण नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा सबै भन्दा कम बजेट स्वास्थ्य क्षेत्रमा बिनियोजन गरेको छ । नारायण नगर पालिकाले दिएको विवरण अनुसार आर्थिक विकासमा ३२.२८ प्रतिशत, सामाजिक विकास तर्फ २४.६८ प्रतिशत,बन तथा वातावरण र विपदको क्षेत्रमा ४.३० प्रतिशत,स्वास्थ्य क्षेत्रमा ४.१३ प्रतिशत,शुसासन र पर्यटनका क्षेत्रमा ३८.४ प्रतिशत बजेट बिनियोन गरेको छ ।
नारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा जति राख्नु पर्ने हो स्थानीय सरकारले त्यो हुन नसकेको बताए । उनले नगरपालिकामा हेर्न हो भने कुल बजेटको ४.१४ प्रतिशत बजेटले काम गर्न कठिनाई भएको बताए ।
त्यस्तै नौमुले गाउँपालिकाको कुल बजेटमा ५५ लाख रुपिँया बजेट बिनियोजन गरेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र शाहीले प्रतशितका हिसावले ३ं.५१ प्रतिशत हुन आउँने बताए ।
्स्वास्थ्य क्षेत्रमा समाजिक जवाफदेहिता प्याक्टका प्राविधिक सल्लाहाकार दुर्लभ बोगटीले कोभिड १९ ले स्वास्थ्य क्षेत्रमा खर्चलाई बढाएको भएपनि स्वास्थ्य क्षेत्रमा बजेट स्थानीय सरकारले कम प्रथामिकता दिने गरेको बताए । उनले स्वास्थ्य क्षेत्रमा बिनियोजन गरेको बजेट पनि बढि जसो पुर्वाधार ,मानव श्रोतकाका क्षेत्रमा खर्च हुने गरेको बताए । उनले परियोजनाले सन २०१७ बाट देखी राजनैतिक आर्थिक विश्लेषण गर्दै आएको र स्थानीय सरकारलाई स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रलाई प्रथामिकतामा राख्नका लागि सहयोग गरेको बताए । कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले स्वास्थ्य क्षेत्रमा प्रर्याप्त बजेट बिनियोजन गर्न नसकीएको बताए ।