Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

कम्युनिष्टले जनमतको अवमुल्यन गरे : नेता पौडेल

दैलेख :  नेपाली नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कम्युनिष्टले जनताको अभिमतको अवमुल्यन गरेको बताएका छन । संवैधानिक कदमको विरुद्धले नेपाल काँग्रेस दैलेखले गरेको विरोध सभामा बोल्दै नेता पौडेलले जनतालाई झुठो आश्वासन देखाएर अभिमत प्राप्त गरेपनि त्यस अनुसार काम गर्न नसकेको आरोप लगाए । उनले घर घरमा ग्याँस,पानी जहाजका सपना बाँडेर कम्युनिष्टले जनमत लिएका हुन् । जनतमत पाएका दलाल कम्युनिष्टले गर्दा प्रतिगमनका विरुद्ध सडकमा आउनुपरेको हो । कम्युनिष्ट कहिल्यै पनि जनमत,संविधान र लोकतन्त्र रक्षा गर्दैन । यदी जनमतको कदर गर्ने नै थिए भने नेपाली जनताले दिएको दुईतिहाई बहुमतको कदर नगरि प्रतिनिधी सभा विघटन भयो । कुर्चि,पैसा,पद दलाली गर्न कम्युनष्टि सरकारले तीन बर्ष सम्म कुनै पनि जनपक्षिय काम गरेका छैन ।

कम्युनिष्टले जनतालाई झुठा आवश्वासन दिएर मत बटुल्ने तर कदर नगर्ने हुँदा जनताले दुःख पाएको बताए । संविधानका कुनै धारामा पनि प्रतिनिधी सभा विघटन गर्ने उल्लेख गरिएको छैन । तर भ्रष्ट प्रधानमन्त्री केपी शर्माले ओलीले विघटन गरी जनमत र संविधानको खिल्ली उडाए । संविधान रक्षा र संसद पुनस्थापनाको लागि काँग्रेसकै नेतृत्वमा शहर केन्द्रित आन्दोलन हुने तयारी भईरहेको छ । त्यसको लागि दैलेख जिल्लाबासी प्रतिगमनका विरुद्ध एकमत भई शहर केन्द्रित आन्दोलनमा सहभागी हुन अनुरोध गरे । २००७ सालदेखी अहिलेसम्म नेपाली जनतामाथि कुठाराघात गर्ने,संविधानमाथि जाईलाग्ने २४० बर्षिय राजतन्त्र त रहेन भने,केपी ओलीले गरेको स्वच्छाचारी,भ्रष्टाचारी र तानाशाही प्रबृति केही दिन भित्र समाप्त हुने दाबी गरे । नेपाल सरकारले तोकेको प्रतिनिधी सभा चुनाव बैशाख १७ र २७ मा कुनै पनि हालतमा हुदैन । काँग्रेसले आन्दोलनको नेतृत्व गरेर नै सडकबाट संसद पुनस्थापना गर्छ,संविधानको रक्षा गर्छ ,उनले थपे ।

विरोध सभामा बोल्दै नेपाली काँग्रेस कर्णाली प्रदेशका सचेतक एवं प्रदेश सभा सदस्य हिमबहादुर शाहीले दाहाल नेपाल र ओली समुह दुईवटै कुखुरा चोर भएको बताए । अहिले माधव नेपाल समुहले असंवैधानिक प्रतिगमन भनेर सडक तताए पनि दुईवटै कुखुरा चोर हुन् । प्याउरो र स्याल हुन् । आवाज फरक भएपनि दुईवटैको एउटै जात हो ।
त्यसैगरि नेविस संघका महामन्त्री बलदीप तिमिल्सेना वर्तमान केपी सरकार भ्रष्टाचार,वलत्कार दलाली सरकारले भएकोले जनताको विकास तीनबर्ष सम्म सिन्को समेत नभाँचेको बताए । जनताले कम्युनिष्ट सरकार आए , हामी सेवा सुविधा पाउँछौ भनेर दुई तिहाई बहुमत दिए । तर कम्युनिष्टहरु कमाउनिष्टमा लागेर पद र पैसामा अल्झेर जनमतको कदर गर्न सकेनन् ।
त्यसको परिणाम वर्तमान ओली सरकारले प्रतिनिधी सभा विघटन ग¥यो । जनताका हक अधिकार रक्षाका लागि नेपाली काँग्रेस बाहेक अन्य पार्टीले जनताका हक अधिकारको रक्षा गर्न सक्दैनन् । कम्युनिष्ट सरकारले कोरोना कहरमै सबैभन्दा बढी भ्रष्टाचार गरेको शर्माले आरोप लगाए । जनताका काममा कम्युनिष्ट सरकार कहिल्यै लागेन । भ्रष्टचार,कमिशन रमाई रहयो । जनताको एउटा मात्र राम्रो काम भईदिएको भए,कम्युनिष्ट सरकारको शासन सत्ता लामो समय टिक्ने थियो,उनले थपे । जिल्लाका ११ वटै स्थानीयतहबाट नेपाली काँग्रेसका नेता कार्यकर्ता विरोध सभामा सहभागी भएका थिए । जिल्ला सदरमुकामको गणेश चोकबाट निकालिएको असंवैधानिक कदम जुलुस लोकतान्त्रिक चोकमा सभामा परिणत भएको थियो । सभामा महिला बालबालिका विद्यार्थी समेत सहभागी थिए ।