Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

देशभर १२२ जना सङ्क्रमित थपिए


काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका १२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२२ जना सङ्क्रमित थपिएकोमा १४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ५८१ जना सङ्क्रमितमा भाइरसको सङ्क्रमण सक्रिय छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित दुई लाख ७२ हजार ८४० पुगेको छ । दुई लाख ६९ हजार २०४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म २१ लाख २० हजार ५९१ जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएको छ ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५५ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल ७९ जना क्वारेन्टिनमा छन् ।

error: Content is protected !!