छाउँपडि प्रथा उल्मुलनमा धामीझार्किको साथ
दैलेख : जिल्लामा रहेका सरकारी तथा गैर सरकारी निकाय बाट संचालन भइरहेको छाउँपडि प्रथा उल्मुलन र महिलाहरुको आङ खस्ने समस्या,बाल विवाहको अभियानमा धामीझार्किले साथ दिन थालेका छन । धामीझार्की कै कारण छाउँपडि प्रथा जस्ता कुरीतिमा हट्न नसकेको भन्दै आलोचना हुन थालेपछि धामीझार्किहरुले नै उक्त अभियानमा लाग्ने प्रतिबद्धता समेत गरेका छन ।
दैलेख दुल्लु नगरपालिका –१० का भक्त बहादुर भण्डारी गाउँको कुल देवताको प्रतिनिधी हुन । तर उनले छोरी बुहारी महिनावारी भएको बेला छाउँगोठमा बस्न नदिने गरेको बताए । उनले महिनावारी भएको बेला कोठा भने फरकै गर्ने गरेको भएपनि आवश्यक पर्ने आराम र आवश्यक पर्ने पोषीलो खाने कुरा खान सुझाव दिने गरेको बताए ।
वाताबरणीय कृषि विकास केन्द्र(केड) सुर्खेतको आर्थिक सहयोग र दुल्लु नगरपालिका १०,११,१३को समन्वय र महिला सशसक्तिकरण मञ्च नेपालको आयोजना गरेको धामीझार्की,पुरोहित र सरोकारवाला निकाय संग बाल बिवाह,महिनावारी,छाउँपडि र आङ खस्ने समस्या सवाल सम्बन्धि अन्तरक्रिया कार्यक्रममा भाग लिदै उनले भने पहिला छाउँपडि भन्ने अभसाप नै लाग्ने गथ्र्यो अहिले सबै बुझ्दै जाँदा छाउँपडि (महिनावारी) हुने भनेको कुनै पापको प्रतिफल नभएर प्रजन्नका लागि योग्ग भएको मानिने रहेछ यो नियमित प्रक्रिया भएका कारण सबैले आफ्नो छोरी बुहारीलाई महिनावारी भएको पोषणयुक्त खाना र आरामको लागि समय व्यवस्थापन गर्न सुझाव दिएको बताए ।
उनले भने हाम्रो गाउँठाउमा महिला पनि धामी हुनुहुन्छ उहाँहरुलाई केही नहुने र अरुलाई हुने भन्ने सावलनै हुदैन महिलामा छाउँपडि हुँदा न देउता रिसाँउछन नत देउताले नै छुटै राख्न भन्छन यो त समाजमा महिलालाई दवाएर राख्न बनाइएको सस्कार मात्र हो । सरकारले थालेको छाउँपडि उल्मुलन अभियानमा हातेमालो गरेर अगाडी बढौ । कार्यक्रमामा सहभागी अन्य सहभागि धामीहरुले छाउँपडि –महिनावारी भएको बेला सफा र सुरक्षीत आग्रह समेत गर्ने अभियान संचालन गर्ने बताएका छन ।
हाम्रा छोरी बुहारी अझै पुरानै सस्कारले अगाडी बढ्छन हामीले भन्यौ भने पनि मान्दैनन अर्को धामी धन बहादुर शाहीले भने पहिला अलग्गै बस्नुपर्छ भन्यौ अहिले घरमा बस भन्दा मान्दैन यसको कारण भनेको पुरानै मानसिकताले ग्रसित भएका कारण हो । दुल्लु नगरपालिका–१० गमौडीकी महिला स्वयम सेविका पुर्णकला भण्डारी.छाउँगोठ बाट मुक्ति दिलाउन सबैको पहल जरुरी रहेको बताइन । उनले धामी झार्की पनि छाउँपडि उल्मुलनमा साथ दिने भनेका छन त्यो उहाँहरुले भनेर मात्र भएर कार्यान्वयन गर्नु प¥यो हामीले पनि त्यसको अगुवाई गरिरहेको छौ । उनले भनिन् पहिला आफुहरु पनि छाउँ गोठमा बस्ने गरेको भएपनि अहिले भने घरकै कोठामा सुत्ने गरेका छौ ।
गत वर्ष नेपाल सरकारले छाउँपडि मुक्त अभियान संचालन गरी स्थानीय तहमा रहेका छाउँगोठ भत्काए पछि यो अभियानले केही सफलता प्राप्त गरेको नगरपालिकाका उप प्रमुखहरुले बताएका छन । चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी उप प्रमुख तारा कुमारी शाहीले गाउँमा हुने हरेका कार्यक्रममा छाउँपडि प्रथा,बालविबाह,महिलाहरुको पाठेघर खस्ने समस्याका सवालमा निरन्तर खवरदारी गर्ने गरेको बताईन । उनले नगरपालिका बाट छाउँपडि जस्ता कुरीतिका विषयमा कुरा सचेतना जगाउन आगमी आथिर्क वर्ष देखी केही मात्रामा बजेट बिनियोजन गर्ने बताइन ।
महिला शसक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले छाउँपडि प्रथा उन्मुलन,मर्यादित महिनावारी,र बाल विवाह क्षेत्रमा जिल्लाका दुई पालिकामा काम गरिरहेको बताइन । उनले दुल्लु नगरपालिका,डुगेश्वर गाउँपालिकाका विभिन्न वडामा काम गरको बताउँदै पहिलेको अवस्थामा भन्दा धेरै सुधार गरिएको बताइन ।