Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

लात्कार प्रयास गरेको आरोपमा पक्राउ


अमर सुनार
दैलेख – गाउँकै एक महिला माथि बलात्कार प्रयास गरेको आरोपमा दुल्लू नगरपालिका–५ का वडासदस्य प्रकाश पोखरेल प्रहरी हिरासतमा परेका छन् ।
मजदूरीका क्रममा श्रीमान् भारतमा रहेका ती महिलाको घरमा गएराति १ बजेतिर जबरजस्ती ढोका खोली बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।
आरोपित वडासदस्य पोखरेललाई स्थानीयले नियन्त्रणमा लिई राति नै इलाका प्रहरी कार्यालय दुल्लूमा बुझाएका थिए ।
वडासदस्यका आफन्तले पीडित पक्षलाई दुल्लूको एक होटलमा दिनभर रोकेर उजुरी दिन अवरोध पु¥याएका पीडित पक्षको भनाई छ ।
मुद्दा रोक्नको लागि छलफल भइरहेको ठाउँबाट पीडितलाई संरक्षण गरेर अहिले साँझ प्रहरीले सदरमुकाम ल्याई पु¥याएको र बाँकी अनुसन्धान सुरु भएको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले बताए ।

error: Content is protected !!