Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

आइतवार ११९ जना कोरोना संक्रमित थपिए

काठमाडौ  :  आइतवार नेपालमा कोरोनाभाइरसका ११९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २६० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको जनाएको छ ।

जसमध्ये दुई लाख ६८ हजार ७२ जना सङ्क्रमित निको भएका छन् । नेपालमा अहिलेसम्म ९८।५८ प्रतिशत निको भएका छन् ।हाल एक हजार ८१५ जना सङ्क्रमित आइसोलेशनमा छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार २५१ वटा आरटीपीसीआर परीक्षण गरिएको थियो ।

हालसम्म २० लाख ९३ हजार ४१७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा तीनजना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ३८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हाल ९२ जना क्वारेन्टिनमा छन्

error: Content is protected !!