Loading... आजः शुक्रबार, फाल्गुन १४, २०७७
Trending

सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

सुर्खेत  :  सुर्खेतमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो ।उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार माघ १५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो ।

 

यसअघि पनि उनलाई उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको उनले बताए । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरिरहेको महाशाखाले जनाएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या ३१ पुगेको छ । साभार नेपाली रैवार
तस्बिर सांकेतिक

error: Content is protected !!