Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

पक्षधरताका आधारमा बहुवर्षिय योेजना कटौती

दैलेख  :  प्रतिनिधी सभाको बिघटन संगै दुई समुहमा विभाजन भएको नेकपा विवाद विकास निर्माणमा समेत देखिन थालेको छ । दुई समुहमा विभाजन भए संगै स्थानीय सरकारका गाउँ तथा नगरसभा हुन नसकिरहेको बेला कर्णाली प्रदेश सरकारको भौतिक पुर्वधार विकास मन्त्रालय बाट एक निर्वाचन क्षेत्र एक वहुवर्षिय योजना छनोटमा समेत त्यसको प्रभाव परेको हो ।

दैलेखका चार वटा निर्वाचन क्षेत्र मध्ये तीन वटा क्षेत्रका लागि योजना स्वीकृत हुदा एउटा निर्वाचन क्षेत्रलाई भने योजना बाट बञ्चित गरिएको छ । मन्त्रालयले निर्वाचन क्षेत्र नः १(क) बाहेक अन्य तीन वटा निर्वाचन क्षेत्रका लागि वहुवर्षिय सडक निर्माणका लागि स्वीकृत प्रदान गरे संगै राजनैतिक पक्षधरताका आधारमा आफ्नो निर्वाचन क्षेत्रका योजना मन्त्रालयले हटाएको भन्दै प्रदेश सांसद धर्मराज रेग्मी सामाजिक संजालमा आपत्ती जनाएका छन ।
नेकपाका केन्द्रिय सदस्य समेत रहनु भएका दैलेख निर्वाचन क्षेत्र नः १ (क) बाट निर्वाचित प्रदेश सभा सांसद धर्मराज रेग्मीले कर्णाली प्रदेश सरकारले राजनैतिक पक्षधरताका आधारमा आफ्नो निर्वाचन क्षेत्रको बुहवर्षिय योजना हटाइएको बताए । नेकपा माओबादी केन्द्र) बाट निर्वाचित भएका सांसद रेग्मी केपी ओली नेतृत्व गरेको नेकपा लागेकै आधारमा आफ्नो निर्वाचन क्षेत्रमा रहेको बहुवर्षिय योजनालाई हटाएर अन्य निर्वाचन क्षेत्रको बहुवर्षिय सडक निर्माणका लागि स्वीकृत प्रदान गरेको छ ।

भौतिक पुर्वधार विकास मन्त्रालय बाट चालु आर्थिक वर्षमा क्षेत्र नः १(ख) निर्वाचन क्षेत्र नः २ को (क) र (ख)मा मात्रै सडक आयोजना स्वीकृत गरेर काम अगाडी बढाउनु पुर्वाधार विकास कार्यालय दैलेखलाई पत्र पठाएको थियो । पाँच वर्षे अवधिका ती आयोजनाहरुमा २५ केरोड देखी ३७ करोड सम्म बजेट बिनियोजन गरिएको छ । निर्वाचन क्षेत्र नः २ (क) प्रदेश सदस्य शुशिल थापाको निर्वाचन क्षेत्रमा माथिल्लो डुगेश्वर–दुल्लु स्याउली कालिकोट सडक खण्ड आयोजना स्वीकृत भएर २९ करोड बजेट बिनियोजन गरेको छ ।

सभामुख राज बहादुर शाहीको निर्वाचन क्षेत्र नः २ (ख) मा रामघाट–ठाँटिकाँध–सिहासैन–पिपलकोट हुदै कालिकोट जोड्ने सडक आयोजनाका लागि २५ करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै निर्वाचन क्षेत्र नः १(ख) प्रदेश सांसद अम्मर बहादुर थापाको निर्वाचन क्षेत्रमा दैलेख सदरमुकाम देखी नौमुले हुदै जाजरकोट जिल्लाको जुनिचाँदे सडक आयोजनाका लागि २७ करोड ३३ लाख बिनियोजन बजेट बिनियोजन गरिएको छ ।

सबै क्षेत्रमा आयोजना स्वीकृत गर्दा आफ्नो निर्वाचन क्षेत्रमा भने स्वीकृत नगरिएको भन्दै प्रदेश सांसद रेग्मीले बिरोध गरेका छन । उनले प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले राजनैतिक पुर्वग्राही भएर यस्तो काम गरेको आरोप समेत लगाए । उनले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता देखी नेकपा विभाजनको अवस्थामा आएपछि आफु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा लागेकै कारण आफु संग प्रतिसोध साध्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा योजना स्वीकृत नगरको उनको आरोप छ ।

भौतिक पुर्वधार विकास मन्त्रालयले आयोजना छनौट गरेर नदिएका कारण स्वीकृत नगरको भन्ने प्रश्नमा सांसद रेग्मीले आफुले तीन वटा आयोजना छनौट गरेर मन्त्रालयमा बुझाएको बताए । उनले धरमपोखरा–बेस्तडा,गुराँसे पातिकाँला र सान्तडा–रातामाटा जुनिचाँदे सडक आयोजना मध्ये एक आयोजना स्वीकृतीका भनेको भए पनि राजनैतिक प्रर्वाग्राही रोखेको बताए ।

भौतिक पुर्वधार विकास मन्त्रालय महातत रहेको पुर्वधार विकास कार्यालय दैलेखका प्रमुख बालदिप शर्माले सबै क्षेत्रका लागि आयोजना पठाएको भएपनि निर्वाचन क्षेत्रको १ (क) मा भने किन स्वीकृत भएन भन्ने विषयमा आफु जानकारी नभएको बताए । उनले प्रदेश सांसदको नेतृत्वमा रहेको समतिले योजना छनौट गर्ने र मन्त्रालय बाट स्वीकृत हुने हुँदा आफुहरुलाई जानकारी नभएको बताए । निर्वाचन क्षेत्र न ः १ (क) स्थानीले भने प्रदेश सरकारले सांसद कुनै पक्षमा लागेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा बजेट बिनयोजन नगरेको भन्दै आपत्ती प्रकट गरेका छन ।