Loading... आजः शनिबार, फाल्गुन १५, २०७७
Trending

आमहड्तालमा १५७ जना पक्राउ, १४ सवारी साधनमा तोडफोड

काठमाडौं  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित गरेको छ । उपत्यकामा थोरै मात्रमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको र अवरोध गर्न खोज्ने १ सय ५७ जना जनालार्ई पक्राउ गरीएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।काठमाडौं उपत्यकामा मात्रै ८० जना अवरोध गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रवक्ता कुँबरले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

राजधानी बाहिर हेटौंडा, नारायणगढ लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको र बिहान काठमाडौंको सामाखुशीमा ट्याक्सीमा आगजनी भएको बताए । देशका विभिन्न ठाउँमा एक सरकारी गाडी सहित १४ वटा गाडीमा ढुङगा प्रहारबाट क्षति भएका अहिलेसम्म जानकारी आएको प्रवक्ता कुँवरले बताए । उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालनमा रहेको बताए । संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।

error: Content is protected !!