Loading... आजः बिहिबार, चैत्र १५, २०८०
Trending

मुलुकको स्थायित्वका लागि निर्वाचन अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौ  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतामा लग्ने कि स्थायित्व तर्फ लग्ने त्यसको फैसला गर्न नयाँ जनादेशमा जाने निर्णय सरकारले गरेको बताए ।
नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै उनले सो कुरा बताएका हुन । आमसभाको उपस्थितिले मूल पार्टी यही हो भन्ने प्रमाणित भएको छ, अब पनि कसैलाई भ्रममा छ भने कठै बरा मात्र भन्न सकिन्छ” उनले भने यो पार्टी सार्वभौमसत्ताको रक्षा, स्वाधिनताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, मुलुकको समृद्धि, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने पार्टी हो ।”

“हामी कसैलाई धम्की दिंदैनौं, आग्रह गर्छौ, अनुरोध गर्छौ” प्रधानमन्त्री ओलीले थपे सर्वोच्च अदालत, निर्वाचन अयोगलाई उहाँहरुले धम्की दिनुभयो, यी संस्थाले स्वतन्त्रतापूर्वक विवेकसम्मत ढङ्गले निर्णय गर्न पाउनेछन् ।” देश चुनावतर्फ अब गयो गयो भन्दै उहाँले अव सबैचिज चुनावले फैसला गर्ने उनले प्रष्ट पारे ।

आमसभा विथोल्न हिजो तथाकथित नेपाल बन्द गरियो, श्रमजीविको काम गर्छु भन्नेहरुबाट बाटाभरी बुढीआमाका तरकारी सडकमा फ्याँकियो, गरिब ट्याक्सीवालालाई झुक्याएर आगो लगाउने काम भयो” उनले प्रश्न गरे “गरिब ट्याक्सीवालालाई गाडिभित्रै जलाउन खोज्ने पार्टी कसरी गरिबमुखी पार्टी हुन्छ ” अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने भन्दै उनले देश अव अशान्तिको भूमरीमा जान नसक्ने बताए ।