Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

छ स्थानीय तहमा बिधुतिकरण हुदै


दैलेख  :  जिल्लाका छ स्थानीय तहमा बिद्युतीकरणको काम धमाधम भइरहेको छ । ११ वटा स्थानीयतह रहेको दैलेखमा छ वटा स्थानीय तहले सामुदायिक ग्रामीण विद्युत्तिकरण संगको साझेदारीमा गाउँमा धमाधम विद्युतीकरणको कामलाई अगाडी बढाएका छन । सामुदायिक ग्रामिण बिधुतिकरण कार्यक्रमको ९० प्रतिशत र स्थानीय तहको १० प्रतिशत लगानीमा भैरवी गाउँपालिकाले १० करोडको लागतमा बिधुति करणको काम गर्दै आएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले स्थानीय तह बन्नुअघि वडा नः १ मा विद्युत पुगेर र अन्य वडा बाँकी रहेको भएपनि यो आर्थिक वर्षमा सबै वडामा विद्युत विस्तार गर्ने लक्ष्य अनुरुप काम भइरहेको बताए । उनले सात वटा वडा रहेको गाउँपालिकामा हालसम्म ५० प्रतिशत बिद्युतीकरणको काम सम्पन्न भैसकेको र ०७८ असार मसान्त सम्म सम्पन्न गर्ने तयारी गरेको बताए ।

यता भगवतिमाई गाउँपालिकाले पनि बिद्युतिकरणको कामलाई तिव्रताका साथ अगाडि बढाएको जनाएकाको छ । पाँच महिना देखि बिद्युतिकरणको काम सुरु भएको र हाल सम्म ४० प्रतिशत काम सम्पन्न भैसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले १० करोड वजेट मध्ये ८ करोडको लागतमा बिद्युतिकरणको काम सुरु भई दुई वर्ष भित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताए । उनले पुरै गाउँपालिकालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने र गाउँमा विभिन्न उद्योग स्थापना गर्ने लक्ष्य राखिएको बताए ।

त्यस्तै डुंगेश्वर गाउँपालिकाको वडा नम्बर २ सामुदायि ग्रामिण बिधुतिकरणको काम सम्पन भैसकेको छ । गाउँपालिकाको १० प्रतिशत र सामुदायि ग्रामिण विद्युतीकरणको ९० प्रतिशत लगानी गरी २ करोड ५५ लाखको लागतमा बिद्युतिकरण अधिकाँस वडामा विद्युत स्तिार भइरहेको र सबै वडामा आर्थिक वर्ष भित्र विस्तार गरि सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्लले यो आर्थिक वर्षमा गाउँपालिकाका सबै घरधुरीमा विद्युत पुग्ने बताए ।
नौमुले गाउँपालिका हाइड्रोहवका रुपमा विभिन्न आयोजना निर्माण भई राष्ट्रिय प्रशारण लाइनमा जोडिएपनि बत्ति मुनीको अध्यारोमा बस्न बाध्य स्थानीयलाई गाउँपालिकाले सामुदायिक ग्रामिण विद्युतिकरण संगको साझेदारीमा सबै वडामा विद्युत बिस्तार गर्ने भएको छ । ६ करोडको लागतमा सुरु भएको बिधुतिकरणको काम हाल सम्म ४० प्रतिशत सम्पन्न भैसकेको र यहि चैत्रसम्म काम सम्पन्न गरी काम भइरहेको नौमुले गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाले आर्थिक वर्षको अन्तीम सम्म काम सम्पन्न हुने बताए । महाबु गाउँपालिकाले पनि १० करोड १५ लाख बढिको लगानीमा बिद्युतिकरणको काम धमाधम अगाढि बढाएको जनाएको छ । १० प्रतिशत गाउँपालिकाको लगानी र ९० प्रतिशत सामुदायिक ग्रामिण बिधुति करणको साझेदारीमा यो महिनाबाट काम सुरु भएको गाउँपालिकाले जानकारी दिएको छ ।

महावु गाउँपालिकाका अध्यक्ष जंगबहादु शाहिले २०७८ साउँन सम्म महाबु गाउँपालिकामा बिद्युतिकरणको काम सम्पन्न हुने गरी ठेक्का भएको बताए । यस्तै गुराँस गाउँपालिकाले पनि सामुदायिक ग्रामिण बिधुतिकरण कार्यक्रम अन्र्तगत विद्युतिकरणको काम अगाढि बढाएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले २५ करोडको लागतमा सम्पन्न हुँने सामुदायिक ग्रामिण बिधुतिकरण अन्र्तगत कर्णाली प्रदेशका १० जिल्ला मध्ये धेरै बजेट गुराँसमा आएको बताए । उनले गुराँसमा हाल सम्म ८० प्रतिशत बिधुतिकरणको काम सम्पन्न भएको र २०७८ असोजसम्म काम सम्पन्न हुँने जानकारी दिए

निर्वतमान प्रतिनिधि सभा सांसद रबन्द्रि शर्माले अघिल्लो आर्थिक वर्षमा निर्वाचन क्षेत्र नः १ का प्रत्येक वडामा विद्युतीकरण गर्न बजेट बिनियोजन गरे संगै गाउँपालिका तथा नगरपालिकामा विद्युत विस्तारको काम अगाडी बढाइएको बताइएको छ ।