Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

प्रचण्ड–नेपाल समूहद्वारा आधिकारिकताका लागि दाबी पेश


काठमाडौँ  :  नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश गरेको छ। यो समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको हो।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी पेश गरेका हुन् । निर्वाचन आयोगमा आधिकारिकता दाबीको पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले दल ऐन, तथ्य र प्रमाण हेरेर आयोगले आफूहरुलाई आधिकारिकता दिनेमा शतप्रतिशत विश्वस्त रहेको बताए।

उनले ओली समूहले पनि आफूलाई आधिकारिक रहेको दाबी गर्न संविधानले छुट दिएको भए पनि तथ्य, प्रमाण र दल ऐनको व्यवस्था बमोजिम आफूहरुले नै आयोगबाट आधिकारिकता पाउने जिकिर गरे।

नेता खनालले भने, ‘दल विभाजन गर्ने शक्ति (बहुमत) नभए पनि राजनीतिक रुपमा विभाजित पार्टीको एटा सानो टुक्रा त बालुवाटार पनि हो, आधिकारिकताको दाबी उसले पनि गर्न पाउँछ, तर अब वास्तविक आधिकारिक को हो त दल ऐनमा टेकेर निर्वाचन आयोगले निरुपण गर्नुपर्छ, तथ्यहरुका आधारमा । त्यो समय आइपुगेको छ।’

error: Content is protected !!