Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

एक सय ७१ जना सङ्क्रमित थपिए

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका एकसय ७१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय ७१ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ७८ हजार ९८ वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २५९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ८५९ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८।३७ मा उक्लेको छ । पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै अहिलेसम्म दुई हजार ३० जना सङ्क्रमितको मृत्यु भएको थियो ।

हाल दुई हजार चारसय जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेको छ । क्वारेन्टिनमा ९५ जना मात्र छन् ।

error: Content is protected !!