Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

जेष्ठ नागरिकलाई न्यायो कपडा


दैलेख  :  जिल्लाको दुल्लू नगरपालिकाले जेष्ठ नागरीकलाई सम्मान गरेको छ । शनिबार दुल्लू नगरपालिका वडा नं. ५ का ७० वर्षभन्दा माथिका जेष्ठनागरिकलाई सम्मान गरिएको हो । दुल्लु नगरपालिका वडा नः ५ का वडा अध्यक्ष प्रेम बहादुर थापाले जेष्ठनागरिकलाई चिसो मौसम बाट बच्न न्यायो कपडा वितरण गरिएको बताए । उनले १२५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको जानकारी दिए । उनले भने हामीले मंसिर पुस महिनामा न्यायो कपा वितरण गर्ने योजना बनाएका थियौ बिबिध कारण बस ढिला भयो ।

जेष्ठनागरिक लाई सम्मान गर्दै दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जेष्ठनागरिलाई मध्यनजर गरेर निशुल्क स्वास्थ्य परीक्षण,औषधी वितरण जस्ता कार्यक्रम संचालन गरिने बताए । उनले जेष्ठनागरिक नगरपालिकाको सम्पती भएको बताउँदै दुल्लुका सबै वडाका नागरिकको सामाजिक सुरक्षा भत्ता बैक मार्फत वितरण गर्ने समेत बताए बताए ।

जेष्ठनागरिकले भने समयमै न्यानो कपडा दिएको भए सहज हुने बताएका थिए । उनीहरुले समय घर्किदो अवस्था भएपनि न्यायो कपडा दिएको प्रति स्थानीय सरकारलाई धन्यबाद दिएका छन ।