Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

सुर्खेतमा दैलेखका बृद्धको कोरोनाबाट मृत्यु

सुर्खेत  :  कोरोना संक्रमित दैलेखका एक बृद्धको सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । प्रदेश अस्पताल, सुर्खेत स्रोतका अनुसार गुराँस गाउँपालिका ५, दैलेख निवासी ६४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

माघ ७ गते पाँच दिनदेखि ज्वरो, खोकी, सास फेर्नमा कठिनाई र टाउको दुख्ने समस्या सहित प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनी उच्च रक्तचापको दीर्घरोगी समेत थिए । भर्नापछि प्रदेश अस्पताल प्रयोगशालामा कोभिड १९ परीक्षण गरिएको र पोजिटिभ नतिजा आएपछि होम आइसोलेसनमा बसेका थिए ।

माघ ९ गते दिउसो सास फेर्नमा कठिनाई र खोक्दा रगत आउने समस्या सहित प्रदेश अस्पतालको कोभिड १९ आइसियुमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा सुधार नआएपछि माघ १८ गते बिहान मृत्यु भएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाको नयाँ सबुज गण कपासेले शव व्यवस्थापन गरेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।