Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

देशभरएकसय पाँच जना सङ्क्रमित थपिए


काठमाडौं  :  नेपालमा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९५९ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ७१ हजार सात वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २८८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ३५० जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ३३६ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८।२९ मा उक्लेको छ । पछिल्लो चौबीस घण्टामा दुईजनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै दुई हजार २९ जना सङ्क्रमितको मृत्यु भएको छ ।
हाल दुई हजार ५९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने दुई हजार ५९४ जना आइसोलेशनमा छन् ।

error: Content is protected !!