Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

प्रदेश सभाको वार्षिकोत्सवमा ब्याटमिन्टन प्रतियोगिता

सुर्खेत :  कर्णाली प्रदेश सभाले प्रदेश सभा स्थापनाको अवसरमा दोश्रो वार्षिक उत्सव मनाउने भएको छ । आगामी माघ २१ गते प्रदेश प्रमुख गोविन्द कलौनीको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विषेश आतिथ्यतामा उत्सव मनाइने संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

 

उनका अनुसार आजबाट सचिवालयका कर्मचारी र पदाधिकारीबाट मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ । विभिन्न ९ वटा टिम रहेको प्रतियोगिताको उदघाटन सभामुख राजबहादुर शाहीले गरेका छन्