Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

दैलेख प्रहरीले निर्माण ग¥यो आत्महत्या सम्बन्धि बृत्रचित्र


दैलेख  :  जिल्लामा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएपछि आत्महत्याका घटना न्यूनीकरण तथा रोकथाम गर्न आत्महत्या सम्बन्धि बृत्रचित्र निर्माण गरिएको छ । कलाकार लोकेन्द्र जीसी कुमारको निर्देशनमा जिल्लाका ११ स्थानीय तहको सहयोगमा जिल्ला प्रहरी कार्यालय दैलेखले उक्र लघु चलचित्र निर्माण गरिएको हो । लघु चलचित्रमा मदाक पदार्थ, लागू पदार्थ, बेरोजगारीका कारण पारिवारिक र सामाजिक दवाव तथा दाइजो नल्याएका निहुँमा पति र सासू ससुराबाट पटक–पटक शारीरिक र मानसिक यातना झेल्दै आएको घटनालाई देखाईएको छ । शुक्रवार जिल्ला समन्वय समितिको हलमा प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुख प्रेम बहादुर थापाले उक्त बृत्रचित्रको लोकपर्ण गरेका हुन ।

बृत्रचित्रको लोकार्पण गर्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले आत्महत्या न्युनीकरण गर्नका लागि यो बृत्रचित्रले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले समस्या देखिएको बताउँदै समस्या न्युनीकरणमा समाज,घर परिवार सबैले त्यस्तो समस्यामा परेको ब्यक्तिलाई हौसला दिनु पर्ने र सम्झाउनका लागि अभियान संचालन गर्नु पर्ने बताए । बृत्तचित्र लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनारले मद्यमान र धूमपान सेवन गर्नेजस्ता कुलतले मानिसमा तनाव, चिन्तारोग , डिप्रेसन हुनेजस्ता धेरै समस्या बढाउने र अन्त्यमा आत्महत्या समेत निम्त्याउने भएका कारण घर समाजले त्यस्तो हुन नदिन समस्यामा परेका सबै नागरिकलाई मनोविमर्ष गर्नु पर्ने बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अनुपम श्रेष्ठले दैलेखमा साउन देखी पौष मसान्त सम्म ३४ जनाले आत्महत्या गरेको बताउदै समाजमा सकरात्मक सन्देश दिने उद्देश्यले बृत्रचित्र निर्माण गरिएको बताए । उनले झुण्डिएर २४ जना, विष सेवन गरेर ९जना हतियार प्रयोग गरी १ जनाको मृत्यु भएको बताए ।

बृतचित्र निर्माण बराह ताल मुभिले निर्माण गरेको बृत्रचित्रमा चन्द्रमन्दिर मगर ,जानकी शाही, तिर्थ भण्डारी, लोकेन्द्र जिसि कुमार, चक्र कुमार केसी, लक्ष्मी थापा, हिम सिजापती, महेन्द्र सापकोटा लगायतले अभिनय गरेका छन ।

पत्रकार भक्तबहादुर शाहीले आत्महत्या न्युनीकरणका लागि बृत्रचित्र निर्माण गरिए पनि त्यसमा कानुनी कुरा उल्लेख गरेको खण्डमा बृत्रचित्र उत्कृष्ट हुने बताए ।उनले आत्महत्या गर्न बाध्य पार्नेहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही गरेको दृश्य राख्नु पर्ने उनको भनाई थियो ।

error: Content is protected !!