Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

प्रदेश १ माथि एपिएफको सानदार जित


काठमाडौं  :  राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले विजयी सुरूआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शनिबार प्रदेश९१ लाई १३५ रनले हराउँदै एपिएफले विजयी सुरूआत गरेको हो।

एपिएफले जितका लागि दिएको २४३ रनको लक्ष्य पछयाएको प्रदेश १ ४२.४ ओभरमा अलआउट हुँदै १०८ रनमा समेटियो। प्रदेश १ का लागि मनिष थापाले सर्वाधिक १८ रन बनाए।
प्रदेश १ लाई सस्तैमा रोक्न एपिएफका अभिनाश बोहोराले सर्वाधिक ५ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २४३ रन बनाएको थियो।

error: Content is protected !!